भक्तपुर ।नेपाली सांगीतिक आकाशमा अर्को नयाँ “तिम्रो मेरो कथा एउटै” मा मोडल लाक्पा लामा र अम्बिका तामाङको रोमान्चक दृश्य भएको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रथम तामाङ गायक चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यमा चिकेन स्टेसन राधाराधे भक्तपुरमा भिडियो सार्वजनिक तथा पत्रकार सम्मेलन गरि बुधबार उक्त नेपाली प्रेमगीतको म्युजिक भिडियोलाई बजारमा ल्याएको हो।

कालिका लामाको दोस्रो सांगीतिक प्रस्तुति युवा व्यवसायी चुन्डुइ तामाङ ङ्यसुरको मुख्य निर्मातामा निर्माणमा गीतकार ज्ञानदास दोङको रचना, तामाङ कलाकार संघको निवर्तमान अध्यक्ष, चर्चित गायक तथा संगीतकार विश्व दोङको संगीत रहेको गीतमा संगीतकारद्वय विश्व दोङ र गायिका सुमिना लो को आवाज भरिएको छ।

मायाप्रेममा आधारित नेपाली प्रेमगीत “तिम्रो मेरो कथा एउटै” भन्ने गीतको बोल हो। यस् गीतले साँच्चिकै मायाप्रेम गर्नेहरुका लागि एउटा मायाका सन्देश दिन खोजिएको छ।

अडियो एरेञ्ज, गायक तथा संगीतकार विश्व दोङले नै गरेको गीतको मिक्सिङ दिपेस प्रधानले गरेको हो।
निर्देशक अजय स्याङतानको निर्देशन, इडिट रहेको म्युजिक भिडियोमा राजेन्द्र मोक्तानले कलर गरेको हो।

भिडियो छायांकन र ड्रोन क्याप्टेनमा विक्रम मोक्तानले भुमिका निर्वाह गरेको म्युजिक भिडियो भक्तपुरक‍ो रानीकोट, काठमाडौं बाैद्व र गोकर्णमा छायांकन सम्पन्न गरिएको हो।

भिडियो निर्माणका लागि सह-निर्माण निर्माताहरु सवु तामाङ दोङ,नरेस वाईवा,तेज थिङ,प्रविन तामाङ,कोङस् लामा,सुमन ब्लोन,मविन योञ्जन रहेका छन् ।

पत्रकार सम्मेलनमा विशेष अतिथि तामाङ कलाकार संघको निवर्तमान अध्यक्ष विश्व दोङ,अध्यक्ष मम्स नेपाल एवम् नायिका अतिथि रञ्जिता ब्लोन,अध्यक्ष वैदेशिक रोजगार उद्वार श्रमिक नेपाल अतिथि बिशाल तामाङ मोक्तान अतिथि नायक ईश्वर तामाङ अतिथि गायक तथा संगीतकार निमा दोङ अतिथि गायक तथा संगीतकार प्रयास दोङ,तामाङ सोसाइटी अफपेनसलबेनिया सदस्य
सुरेन्द्र योञ्जन तामाङ,समाजसेवी तथा युवा व्यवसायी जलप सिं लामा,राष्ट्रिय खेलाडी सागर घिसिङ गायक तथा संगीतकार विहिन दोङ, सेरे लामा,धन कुमार राई लगायतका अतिथिहरु उपस्थिति रहेका थिए।

यस भिडियोलाई गायक तथा संगीतकार विश्व दोङकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

भिडियो हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।