खानीखोला– काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले खेलकुदलाई खानीखोला सरकारको अभिन्न अंगको रुपमा विकास गरेको बताएका छन् । बुधबार खेलकुद विकास समितिको आयोजनामा भएको ‘दोस्रो खानीखोला कप खेलकुद प्रतियोगिता’को उद्घाटन गर्दै अध्यक्ष थिङले यस्तो बताएका हुन् ।
थिङले आफ्नो गाउँपालिकाले औपचारिक र संस्थागत ढंगले खेलकुदको आयोजना गरेको बताए । काभ्रेमै संस्थागत रुपमा खेललाई महत्व दिएको पहिलो गाउँपालिका खानीखोला रहेको उनले दावी गरे । ‘यो खेल खानीखोलाको औपचारीक एवं संस्थागत खेल हो । इतिहासमा संस्थागत ढंगले खेलकुद आयोजना गरिएको यो दोस्रो हो ।’ उनले भने, ‘यस अगाडि पनि खेलकुदहरु धेरै गरिन्थ्यो तर त्यो संस्थागत थिएन । अब खानीखोला सरकारले गत सालबाट औपचारीक रुपले खेलकुदलाई सरकारको एउटा अभिन्न अंगको रुपमा विकास गर्नका लागि र संस्थागत रुपले विकास गर्नका लागि खेलकुद विकास ऐन बनाएर खेलकुद विकास समिति गठन गरेको छ ।’
प्रथम प्रतियोगितामा ३ वटा खेल समावेश गरे पनि यस पटक भने दुई वटा मात्र खेल समावे गरेको बताउँदै अध्यक्ष थिङले बाँकी खेल पनि चाँडै आयोजना गर्ने बताए । ‘यस पटक दोस्रो पटक खानीखोलक कप आयोजना गर्दै छ । यसमा गतसाल तीन वटा खेल सहभागी गराएका थियौं । यो पटक हामीले २ वटा मात्र खेल सहभागी गराउँदै छौं ।’ उनले भनmे ‘एउटा खेल कराँते चाहिं हामीले केही दिन पछि मात्र गर्ने हिसाबल सोचेका छौं ।’
थिङले खेल अनुशासित ढंगले खेल्न खेलाडीहरुलाई अनुरोध समेत गरे । ‘खेलकुदमा अलि अलि विवाद हुन्छ किन हुन्छ भने यहाँ राष्ट्रियता छ । यहाँ स्वास्थ्य छ । त्यसैले हामीले भन्ने गरेका छौं स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद ।’ उनले भने, ‘खेलकुद भन्ने वित्तिकै अनुशासन पनि हो । सबैभन्द्र खेल अनुशासन भएकोले अनुशासनलाई आत्मासतीकरण गरेर तपाईंहरुले खेललाई अनुशासन पूर्वक खेल्नुहुने छ भन्ने शुभेच्छा व्यक्त गर्दछु । आफ्नो खेललाई उत्कृष्ट सावित गराउन अनुरोध गर्दछु ।’
उनले खानीखोलामा चाँडै एन्फा गर्ने खुलासा गरे । ‘अब खानीखोलामा फूटवल संघ, कराँते संघ, भलिवल संघ लगायतका खेलकुद विधाका संघहरु गठन गरेर एन्फा गठन गर्दैछौं । हामी तिनै संघहरु मार्फत खानीखोला बाहिर पनि खेल्न जान्छौं ।’ उनले भने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।