खानीखोला– काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा ‘दोस्रो खानीखोला कप खेलकुद प्रतियोगिता’ बुघबारबाट सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा फूटवल खेलमा ८ वटा टिम र भलिवलमा ५ वटा टिम समावेश हुँदै छ । प्रत्येक वडाबाट प्रतियोगितामा भाग लिएको खेलकुद विकास समितिका अध्यक्ष प्रेमप्रकाश लामाले जानकारी दिए ।

दोस्रो खानीखोला कपमा फुटबलतर्फ ८ र भलिवलतर्फ ५ टिम सहभागी रहेको खेलकुद विकास समितिका अध्यक्ष प्रेमप्रकाश लामाले जानकारी दिए । भलिवल विधाका सम्पुर्ण खेल विहीबार (२३ कार्तिक) बाट सुरु हुनेछ ।

संयोजक लामाका अनुसार फुटबलमा विजेतासँगै द्वितीय र तृतीय हुने टिमले पुरस्कार स्वरूप क्रमशः ४० हजार रुपैयाँ, ३० हजार र २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने बताए ।

त्यस्तै भलिबल तर्फका प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद २५ हजार, २० हजार र १५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउनेछन् । फुटबलमा प्रथम कपमा भन्दा यसपटक पुरस्कार राशी बढाउँदा भलिबलमा भने यथावत् राखिएको छ । गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक लामाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई गापाको टिममा समावेश गरिने बताए ।

कार्यक्रममा नेकपा एमाले खानीखोलाका अध्यक्ष डम्बर तिमल्सिना, नेपाली काँग्रेस खानीखोलाका सचिव विष्णु तिमल्सिना, नेकपा (माओवादी केन्द्र)का देवन सिं लामा, वडा अध्यक्षहरु सागर जिम्बा, निशान मोक्तान, बुद्धि बहादुर स्याङ्तान, बृहस्पति घिसिङ, निर्वतमान वडाध्यक्षहरु वीर बहादुर वाईबा, दुर्गा तिमल्सिना सहित जनप्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेका थिए ।

पहिलो गेममा वडा नं. ४ को विजयी शुरुवात

यसैबीच प्रतियोगिताको उद्घाटन खेल वडा नं. ४ ए टिम र वडा नं. ५ को ‘ए’ टिम बीच भएको थियो । जसमा वडा नं. ४ ‘ए’ ले ४–० ले वडा नं. ५ ‘ए’ लाई पराजित गर्दै विजय सुरुवात गरेका छन् । वडा नं. ४ ‘ए’ को लागि राजु मोक्तानले २ गोल, पवन गुरुङ र विशाल मोक्तानले समान १।१ गोल गरेको थियो ।

पहिलो हाप अघि १ गोलले पछि परेको वडा नंं. ५ ‘ए’ लाई वडा नं. ४ ‘ए’ ले दोस्रो हापपछि थप ३ गोल गरि जित सुनिश्चित गरेको हो । नकआउट चरणमा खेलिएको कप कात्र्तिक २५ गते फाइनल हुने छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।