चुडामणि तिमल्सिना
बेथानचाेक– काभ्रे जिल्लाकाे वेथानचोक गाउँपालिका उपाध्यक्ष तारा रानाले वेथानचोकको संवृद्धि नै आफ्नो लक्ष्य भएको बताउछिन । स्थानीय निर्वाचन समपन्न भएको डेड वर्ष पुरा नहुँदै वेथानचोकका मतदाताहरु वीच दिन दुगुना रात चौगुनाका हिसाबले फड्को मारेकि राना भोलीका दिनहरुमा आफुलाई सफल सामाजिक अभियानताको रुपमा चिनाउने ध्येय रहेको बताएकी छिन्  ।

रानाले गतवर्ष सम्पन्न स्थानीय निर्वाचनताका आफुले गरेका प्रतिवद्धताहरु पूरा गर्ने तर्फ दृढताका साथ अगाडी बढेको अनुमान गर्न सकिन्छ । आजभोली वेथानचोक गाउँपालिकाका ६ वटै वडाहरुका चौवाटो तथा चिया पसलहरुमा स्थानीयहरु चिया गफसंगै सिङ्गो वेथानचोकको सम्वृद्धिको नायक राना भएको चर्चा चल्ने गरेको पाइन्छ ।

२०३६ सालमा धादिङलाई जन्म थलो बनाई वेथानचोक गाउँपालिका कर्मथलो बनाउदै समाज सेवामा अगाडि वढेकि रानाको चहाना सामजिक अभियानताको रुपमा आफुलाई स्थापित गर्ने रहेको बताउने उपाध्यक्ष रानाले समाजशास्त्रमा स्नातकोत्तर सम्मको  अध्ययन पूरा गरेकि  छन् ।

५ वर्ष शिक्षण पेशामा आवद्ध भई आफ्नो परिचय बनाए कि रानाले समाज सेवाको मार्गदर्शक सिद्धान्तको पहिलो कडिको रुपमा शिक्षण पेशालाई अंगालेकि थिईन् । सहकारी आन्दोलनसंग पनि राम्रो दखल भएकि राना सफल सहकारीकर्मी समेत हुन् ।

शिक्षण पेशाबाट समाज सेवामा प्रवेश गरेकि राना सहकारि क्षेत्र हुदै हाल वेथानचोक गाउँ पालिकाको सफल एवं लोकप्रिय नेताको रुपमा आफ्नो परिचय बनाउन सफल भएकि छन् ।
जनतासंग विषेश सरोकार राख्ने शिक्षा,स्वास्थ्य एवं विकाश निर्माणको क्षेत्रमा आफ्नो ७० प्रतिशत समय खर्चदै आएकि राना नागरिकहरुको सुख दुःखमा सहभागी हुन पाउॅदाको क्षण आफु सफल भएको महशुस हुने गरेको बताउछिन् ।

उपाध्यक्षको कार्यभार सम्हाले यता बेथानचोक संवृद्धिको विभिन्न क्षेत्रहरुका निम्न शिर्षकहरुमा झण्डै ६ करोड भन्दा वढि रकम आफ्नाे ब्यक्तीगत पहुँचको आधारमा संघिय तथा प्रदेश सरकार मार्फत पालिकको बिभिन्न वडाहरुमा तपशिल बजेट ल्याउन सफल भएकि छन् ।

यी हुन् रानाकाे पहलमा बिनियाेजित बजेटः

वडा नम्बर ४ सलान्दु खोला नदी नियन्त्रण ५० लाख ,

वडा नं ५ कपेर महांकाल चौकीडाँडा सडक  समपुरक वजेट १ करोड ,

वडा नं २ चोरन्डे मुलडॉडा आलु बारी कृषी सडक  १ करोड ,

वडा नं १ गुवाभन्ज्याड० भालुछाप्रा सडक १० लाख ,

वडा नं ४ चौतारा कार्की गॉउ मोटर बाटो २० लाख ,

वडा नं ४ गणेश स्थान भञ्ज्याङखर्क गुम्बुडाँडा कुनेखर्क गोल्माकोट मोटर बाटो  १० लाख ,

वडा नं २ गेल्डुङ डोलाखोला च्याम्राङवेसी मूल सडक  २० लाख ,

वडा नं १ त्रिवेणी प्राथमिक विद्यालय वालमैत्री शौचालय निर्माण १० लाख ,

वडा नं ६ सिउरानी भन्ज्याङखर्क खानेपानी १५ लाख , वडा नं २ र ३ दुर्लुङ खोला नदी नियनत्रण १० लाख ,

वडा नं ३ महाङकल डॉडा गजराम पर्वत पदमार्ग निर्माण प्‍  लाख,

फलफूल खेतीतर्फ वडा नं ४ सुन्तोला प्रवर्दन कार्यक्रम अन्तर्गत १० लाख ,

वडा नं १ मा भैंसी प्रवर्दन कार्यक्रम अन्तर्गत १० लाख ,

वडा नं ५ कपेर निमावि घेरावार निर्माण १५ लाख ।

यसरी माथी उल्लेखित रकम उपाध्यक्ष रानाले आफ्नो व्यक्तीगत क्षमताको आधारमा गरेकि हुन् । यसरी आफुले आफनो पालिका हितको लागि पारेको रकमको दरुपयोग भए आफ्ना लागि त्यो दुर्भाग्य हुने उनको भनाई छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।