रोशी– काभ्रे जिल्लाको रोशी गाउँपालिकाका कर्मचारी र इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरीहरुबीच भएको मैत्रीपूर्ण फूटबल प्रतियोगितामा सम्पन्न भएको छ । शुक्रबार आयोजना गरिएको सो प्रतियोगितामा प्रहरीको टिम विजयी भएका छन ।
रोशी गाउँपालिका–५ स्थित पोटाखोला दोभानको खेलमैदानमा भएको खेलमा २–१ गोलले प्रहरी विजयी भएको थियो ।
शुभदिपावली, छठ तथा नेपाल संवतको अवसरमा आयोजित प्रतियोगितामा ६० मिनेटको खेलमा १–१ गोललले बराबरी भएपछि ७ मिनेट अतिरिक्त समय थप गरेको थियो । सो अतिरिक्त समयमा प्रहरीले एक गोल थप गरि विजयी भएका हुन् ।
प्रतियोगितामा जिल्ला समन्वय समिति काभ्रेका उप–प्रमुख रिमबहादुर तामाङ, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइबा, इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख तथा प्रहरी निरीक्षक पञ्चलाल गोले, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, रोशी–७ का वडाध्यक्ष अशोक गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वाध्यक्ष तथा प्रेस यिनियनका पूर्व उपाध्यक्ष इश्वरी ओझा लगायतको सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।