चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा ‘स्थानीय तह स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको प्रतियोगितामा वडा नं. ६ को प्रभा माध्यमिक विद्यालयले ‘राष्ट्रपति रनिङ शिल्ड’ हात पार्न सफल भएको छ ।
प्रतियोगितामा सरस्वती मावि दोस्रो र बुद्ध हिमालय मावि तेस्रो हुन सफल भएको छ । कार्तिक २० गते देखि २३ गतेसम्म सञ्चालन हुने भनिएता पनि प्रतियोगिता एकदिन लम्बिएर शुक्रबार समापन भएको थियो ।
यसैबीच प्रथम भइ ‘राष्ट्रपति रनिङ शिल्ड’ हात पार्न सफल प्रभा माविले स्वर्ण पदक १२ वटा, रजत पदक ६ वटा र कास्या पदक २ वटा गरी २० वटा पदक हात पार्न सफल भएको थियो । दोस्रो हुने सरस्वती माविले स्वर्ण पदक ३, रजत पदक ४ वटा र कास्या पदक ६ वटा गरी १३ वटा पदक हात पार्न सफल भएको थियो र तेस्रो हुने बुद्ध हिमालयन माविले स्वर्ण पदक ३ वटा, रजत पदक ४ वटा र कास्या ४ वटा गरी ११ वटा पदक हात पार्न सफल भएको थियो । प्रतियोगिता २४ विधामा भएको थियो ।
त्यसैगरि उत्कृष्ट खेलाडीमा एथलेटिक्स तर्फकी छात्रा प्रभा माविकी कविता गौतम र छात्रमा पनि सोही विद्यालयमा गौरब शिव भक्ति भएका छन् ।
शिक्षकको उत्कृष्ट खेलाडी सिर्जनाशिल जनता माविका नविन किशोर राइ र उत्कृष्ट स्पाइडर खाँडादेवी मावि सुरेन्द्र धामी भएका छन्
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले विजेता खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, प्रवक्ता तथा वडा नं. ८ का वडा अध्यक्ष धनबहादुर तामाङ, वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद चौलागाईं, वडा नं. ५ का वडा अध्यक्ष कृष्णप्रसाद गौतम, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु, सहभागी थियो ।
दोस्रो मैत्रीपूर्ण शिक्षक भलिवल प्रतियोगितामा खाँडादेवी प्रथम
सो अवसरमा भएको दोस्रो मैत्रिपूर्ण शिक्षक भलिवल प्रतियोगितामा वडा नं. २ मा रहेको खाँडादेवी मावि प्रथम भएको छ ।
वडा नं. ७ को सिर्जनाशी जनता मावि दोस्रो भएको छ भने वडा नं. १ को सूर्योदय मावि तेस्रो हुन सफल भएको छ । सो प्रतियोगितामा ८ वटा टीम सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।