नमोबुद्ध– काभ्रे जिल्लाकाे नमोबुद्ध नगरपालिका वडा न‌ं. १, फूलबारीमा प्रथम नमोबुद्ध सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियाेगिता फूलबारी युवा क्लव, मानेगाउँको आयोजनामा आज (मंगलवार)बाट शुरु भएको हाे ।

प्रतियोगिताकाे बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले एक समारोहका बीच उद्धघाटन गरेका छन्।  मन्त्री लामाले खेलकुदले युवाहरुमा एकता कायम गर्ने मात्र हाेइन राष्ट्रको लागि समेत याेगदान दिन सक्ने बताए ।

यसैबीच नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले खेलकुदको बिकासको लागि नगर प्रतिवद्ध रहेको बताउदै अन्तर्राष्ट्रिय खेल खेल्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले खेलमार्फत सो स्थानको पर्यटन प्रवर्द्धनका साथै व्यक्तित्व विकास हुने तर्क गरे ।

नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १९ टिमको सहभागिता रहेको आयोजक क्लवका अध्यक्ष निरबहादुर तामाङले जानकारी दिए ।

नमोबुद्ध नगरपालिका वडा नं १ का अध्यक्ष प्रेमबहादुर तामाङले सबैको साथ सहयोगले प्रतियोगिता सम्भव भएको भन्दै सहयोग निरन्तरताको अपेक्षा गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।