नमोबुद्ध– काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले आगामी मंसिर १० गतेदेखि घुम्ती सेवा सञ्चालन गर्ने भएको छ । आज प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले एक सुचना जारी गर्दै सोको जानकारी दिएका हुन् ।

यस अघि नगरकार्यापालिकाले एकीकृत घुम्ती सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सूचनामा उपभोक्ता समिति गठन गरि तोकिएको दिनमा समितिको अध्यक्ष, सचिव तथा कोषाअध्यक्षको उपस्थिति हुन समेत अनुरोध गरेको छ ।

एकीकृत घुम्ती सेवामा गरिने सेवाहरु

१. आयोजना सम्झौता र उपभोक्ता समिति अभिमूखीकरण
२. आधारभूत स्वास्थ्य सेवा
३. पशु स्वास्थ्य सेवा
४. कृषि विकास सेवा
५. अपाङ्गता परिचय पत्र वितरण
६. व्यवसाय दर्ता तथा नविकरण कार्यक्रम सञ्चालन

कुन वडामा कुन दिन ?

१. १ नं. वडामा २०८०।०८।१० र १२ गते २ दिन
२. ११ नं. वडा २०८०।०८। १३ र १४ गते २ दिन
३. १० नं. वडा २०८०।०८।१५ र १७ गते २ दिन
४. ०९ नं. वडा २०८०।०८।१८ र १९ गते २ दिन
५. ८ नं. वडा २०८०।०८।२० र २१ गते २ दिन
६. ५ नं. वडा २०८०।०८।२२ र २४ गते २ दिन
७. ६ नं. वडा २०८०।०८।२५ र २६ गते २ दिन
८. ७ नं. वडा २०८०।०८।२७ गते १ दिन
९. ३ २०८०।०८।२८ गते १ दिन

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।