काठमाडौं ।पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि साफ यु–१९ का युवा विंगर नेल्सन तामाङ लाई ट्यालेन्ट हन्ट कोटा बाट अनुबन्धित गरेको छ । सानै उमेर देखि फुटबलमा रुची राख्ने नेल्सनले कोच दिपक भुशाल सङ्ग सानो गौचरन फुटबल एकेडेमि बाट ट्रेनिङ सुरु गरेक उनि पीस प्वाइन्ट स्कूलका छात्र हुन ।समाज कल्याण खेलकुद केन्द्र क्लब मा training गर्दै आएको उनी C Division लिगमा समेत सोहि क्लब मा आबद्ध थियो । आहिले फुटबल एकेडेमी नेपाल बाट खेल्दै आएका छन । १२ बर्षकै उमेरमा ७ देखि १७ वर्षमुनिका खेलाडीहरुको सहभागिता रहेको इटालियन क्लब एसी मिलानमा आयोजना हुने फुटबल क्याम्पका लागि नेपालबाट छनोट भएको थियो । काभ्रे जिल्लाको रोशी गांउपालिका वडा ५ को नेल्सन पीस प्वाइन्ट स्कूललाई विभिन्न स्कूल स्तरीय खेलहरु खेलेर ट्रफी दिलाउदा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकेको थियो । पोखरा थन्डर्सको कोजमा नबिन न्यौपाने छन् भने मर्कि खेलाडी आयुष घ्लान र आइकोनिक खेलाडीमा दिनेश राजवंशी रहेको छ ।
























