काठमाडौ । मंसिर महिना भन्ने बित्तिकै बिशेष गरी विहे गर्ने उपर्युक्त महिनाको रुपमा लिइन्छ । त्यसैगरी युवा गायक प्रकाश वाईबा तामाङले “ब्रेल्साङ लाई म्हान्जी” म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ।
बाग्मती प्रदेश सभा सदस्य माननीय क्षेत्र बहादुर बम्जनको प्रमुख आतिथ्यमा विशेष पत्रकार सम्मेलन
शनिबार जोरपाटी स्थित द स्हेनोस हाउसमा भिडियो विमोचन गरेको थियो ।
गीतकार प्रज्वल दोङको शब्द रचना रहेको उक्त गीतमा प्रयास तामाङको संगीत रहेको छ भने गीतको अडियो मिक्सिङ तथा एरेन्ज गायक तथा संगीतकार सानुबाबु घिसिङले गरेका हुन् । यस गीतमा सुमधुर आवाज भने चर्चित गायीका जितु लोप्चनको र प्रकाश वाईबा तामाङको रहेको छ।
ब्रेल्साङ लाई म्हान्जीको भिडियोको निर्देशक तामाङ चलचत्रिका महानायक अमिर दोङले निर्देशन गरेका हुन् । त्यसै गरि यो गीतको भिडियोमा नृत्य निर्देन कृष्ण ब्लोनले गरेका हुन् । भिडियोको मुख्य भुमिका निर्वाह गरेको महानायक अमिर दोङ, याङ्गी दोङ, सञ्जीव गोले र जमुना वाईबा रहेको छ । साथै हांस्य कलाकार कुईसाङ रुम्बा, पदम दोङ र विशाल थिङले साथ दिएको छ।
पत्रकार सम्मेलन तथा भिडियो विमोचन कार्यक्रमको विशेष अतिथिको रुपमा हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रका अध्यक्ष लामा गुरु कोशिस लोब्साङ वाईबा रहेका थिए भने अतिथिहरुमा वाईबा समाजका अध्यक्ष विगेन्द्र वाईबा, तामाङ डजाङका अध्यक्ष फुल कुमार बम्जन तामाङ, गायक तथा संगीतकार बैरगी मोक्तान, तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष सुदिन दोङ लगायत अन्य थुप्रै कलाकार तथा व्यवसायीहरु रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य भने तामाङ चलचित्र जगतका महानायक अमिर दोङले राखेका थिए ।
गीतको भिडियो तामाङ सुपर स्टार डम्फु मिडियाको अफिसियल युट्युव च्यानल बाट सार्बजनिक गरिएको छ ।
शनिबार सम्पन्न पत्रकार सम्मेलन तथा भिडियो विमोचन कार्यक्रमका सभापतित्वमा सम्पन्न कार्यक्रम पत्रकार छेडुप लामा दोङले सञ्चालन गरिएको थिए।
भिडियो हेर्नुहोस्
























