चौंरीदेउराली– माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले चौंरीदेउराली गाउँपालिकामा विद्यार्थीसँग अखिल (क्रान्तिकारी) कार्यक्रम सञ्चालन गरेकाे छ । साेही अभियान अन्तर्गत यस गाउँपालिकाका विभिन्न विद्यालयहरुमा संगठन विस्तार गरेको छ ।
यसैक्रममा चौरीदेउराली गाउँपालिका वडा नं.७ स्थित श्री सिर्जनशिल माध्यमिक विद्यालयमा सुनिल पाठककाे अध्यक्षातामा २९ सदस्यीय इकाई कमिटी गठन गरेकाे छ । समितिकाे उपाध्यक्षमा इन्दिरा रसाइली, प्रबिना पाठक, स्वस्तिका भुजेल, एन्जल लामा, मन्जना गौतम, सचिवमा मौसमी लामा, सह-सचिव- शिलशिला तामाङ्ग,महिमा तामाङ्ग,लक्ष्मि गौतम, कोषाध्यक्षमा अमृत गौतम चयन भएका छन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) चौंरिदेउराली गाउँपालिका-७ का अध्यक्ष चम्पा वाइबा,आखिल (क्रान्तिकारी) जिल्ला कमिटी सदस्य सागर गौतम,अखिल (क्रान्तिकारी) चौंरिदेउराली गाउँपालिका उपाध्यक्ष प्रमी तामाङ र अखिल (क्रान्तिकारी) प्रभा बहुमुखी क्याम्पस कमिटी कोषाध्यक्ष गणेश गौतमकाे सहभागी थियाे ।
अरनिकाे माविको अध्यक्षमा अस्मिता
यसैबीच चौरीदेउराली गाउँपालिका वडा नं. ५ स्थित श्री अरनिको माध्यामिक बिधालयमा अस्मिता गाैतमकाे अध्यक्षतामा २९ सदस्यीय इकाई समिति गठन गरेको छ । समितिकाे उपाध्यक्षमा सुजिता गौतम, विपना गौतम, सचीवमा सविता गौतम, सह-सचिव-अजय गौतम,शिव प्रसाद चौलागाईं र कोषाध्यक्षमा बिकास घतानी चयन भएका छन् ।
साे कार्यक्रममा नेकपा (माओवादी केन्द्र) चौरीदेउराली -०५ का वडा अध्यक्ष रमेश गौतम (यादव ), आखिल क्रान्तिकारी जिल्ला कमिटी सदस्य सागर गौतम र प्रमी तामाङको सहभागी थियाे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























