काठमाडौ । गायक तथा संगीतकार लामाको नयाँ सांगीतिक कोसेली “चिरविर गर्ने भङ्गेरा” गीतको म्युजिक भिडियो सहित बजारमा सार्वजनिक भएको ।गायक तथा संगीतकार अनिल लामाले आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक हो।
प्रजिता लामाले निर्माण गरिएको गायक तथा गीतकार जीवन बोम्जनको शब्द, वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको संगीतमा तयार पारिएको गीतमा युवा गायक तथा संगीतकार अनिल लामा वाइवा र गायिका सुमिना लो को आवाज रहेको छ।
अडियोको एरेञ्ज र मिक्सिङ दिपेस प्रधानले गरेको हो।
निर्माल कुमार लामा(BG)ले निर्देशन गरेको म्युजिक भिडियोमा मुख्य अभिनय चर्चित भिमफेदी गाइज,मोडलको दुनियाँमा निकै सम्भावना बोकेकी मोडल रिय लामा र रोशन गुरुङले विशेष भुमिका निर्वाह गरिएका छन् ।
भिडियोको सम्पादन र कलर पवन सुस्लिङले अहम् भुमिका निभाएको छ।
गायक तथा संगीतकार अनिल लामा भने हल जापानमा बस्दै आउनु भएको गायकले यसअघि नेपाली चलचित्रमा समेत स्वर तथा संगीत भरेका छन । ’सोल्टेनी मैच्याङ’शैलुङ्गे मेला’’ लगायतका १ दर्जनाै भन्दा बढी म्युजिक भिडियोहरु बजारमा सार्वजनिक भैसकेका छन्। साथै नेपालीको चर्चित मंगोलिन ब्याण्ड गायक राजु लामाको स्वरमा रहेको शैलुङ्गे मेला लगायतका बहु चर्चित गीतहरुको रचना गायक अनिल लामाले यस अगाडि दिएका थिए ।
उक्त म्युजिक भिडियोलाई गायक तथा संगीतकार अनिल लामाको अफिसियल युट्युब च्यानलबाट सोमबार बजारमा सार्वजनिक भएको हो।
भिडियो हेर्नुस्।
























