भक्तपुर ।नेत्रकुमार वाइवाको प्रस्तुति रहेको आप्पाको छोरो गीतको म्युजिक भिडियो सहित बजारमा सार्वजनिक भएको छ।

प्रतिनिधि सभा सदस्य एवम् पुर्व उर्जा राज्य मन्त्री माननीय सुर्यमान दोङ( लालध्वज) को प्रमुख आतिथ्यतामा मंगलबार हटबल रेष्टुरेन्ट राधराधे भक्तपुरमा एक समारोह बीच पत्रकार सम्मेलन गरी बजारमा ल्याएको हो।

गीतकार कुमार स्याङबाको रचना रहेको गीतमा संगीत र आवाज चर्चित लोकप्रिय गायक तथा संगीतकार निमा दोङको रहेको छ।

गीतको म्युजिक भिडियोमा चर्चित मोडल लाक्पा लामा र याङगी दोङले मुख्य अभिनय गरेको छ भने जलाप सिं लामा, प्रविन लामा लगायतका कलाकारहरु भिडियोमा अभिनय गरेका छन् ।

निर्देशक प्रतीक ङ्यसुरले निर्देशित भिडियोको छायांकन,सम्पादन र कलर विवेक लामाले गरेको हो ।
उक्त भिडियो निर्माणका लागि सह- निर्मातामा युवा व्यवसायी जलाप सिं लामा, प्रविन लामा, सुकमान तामाङ (सुमन) ब्लोन, विरनन्दा सुमित वाइवा रहेका छन्
अडियोको एरेञ्ज चाद सिं र मिक्सिङ दिपेस प्रधानले गरेका थिए।

उक्त पत्रकार सम्मेलनका विशेष अतिथि तामाङ चलचित्र संघको अध्यक्ष एंव कुमार मोक्तान,नेपाल तामाङ घेदुङका संघीय सदस्य तथा भाषा लिपि तथा साहित्य विभाग प्रमुख हिरालाल दोङ रहेका थिए भने अतिथिमा मम्स नेपालका अध्यक्ष तथा चर्चित नायिका रञ्जिता ब्लोन, तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष सुदिन दोङ, तामाङ माैलिक न्हानका अध्यक्ष पोङ्दीला च्याङबा, ysk ग्रुपका साङडुप थिङ, हटबलको सञ्चालक शेखर के.सी, सरोज थापा लगायतका अतिथिहरुको उपस्थिति रहेका थिए।

गायक तथा संगीतकार निमा दोङ सभापतित्व सम्पन्न कार्यक्रम पत्रकार तथा भक्तपुर तामाङ पत्रकार संघको सचिव छेडुप तामाङले सञ्चालन गरेका थिए।

उक्त म्युजिक भिडियोलाई गायक तथा संगीतकार निमा दोङको अफिसियल युट्युब च्यानलबाट बजारमा सार्वजनिक भएको हो।                                                 भिडियो हेर्नुस्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।