तेमाल- काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकामा अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । आज सम्पन्न अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमकाे उद्घाटन गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले उद्घाटन गरेका थिए ।

तेमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरिएको साे प्रतियाेगितामा वडा न‌ं. ७ मा रहेकाे श्री राधाकृष्ण मा.वि.,चापाखाेरी पहिलाे हुन सफल भएको छ । त्यसैगरि द्वितीयमा वडा नं ५ मा रहेको श्री नारायणस्थान मा.वि.,नारायणस्थान र तृतीयमा वडा नं १ मा रहेको श्री जनचेतना मा.वि. भएको छ । प्रतियाेगितामा विजयी विद्यार्थीहरुलाई पालिका अध्यक्ष तामाङले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला