बनेपा– काभ्रे जिल्लाको बनेपा नगरपालिकामा ३२ औं अन्र्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो क्षमता प्रर्दश्न गरेका छन् । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अन्र्तराष्ट्रिय अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेत्तृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ आयोजना गरेको अन्र्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेको हस्तकलाका सामग्री र सांस्कृतिक प्रस्तुती प्रर्दशन गरेका थिए ।

कार्यक्रममा स्पाइनल इन्जुरी पुर्नःस्थापना केन्द्र, काभ्रे बहिरा विद्यालय लगायत अपाङ्गता क्षेत्रस“ग आबद्ध ५ वटा संस्थाहरुका प्रतिनिधिहरुले आफूले उत्पादन गरेका हस्तकलाका सामग्रीहरु नगरपालिकाको प्राङ्गणमा प्रदर्शनीका लागि राखिएको थियो । यसका साथै कार्यक्रममा अपाङ्गताका क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरुले सांस्कृतिक प्रस्तुती दिएका थिए । सांस्कृतिक प्रस्तुती दिएका संस्थाका प्रतिनिधिहरुलाई नगरपालिकाले हौसला स्वरुप प्रति व्यक्ति २ हजार रुपैंया प्रदान गरिएको बनेपा नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत बिजया सुवेदीले जानकारी दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बनेपा नगरपालिकाकी उप–प्रमुख बिमला सापकोटाले अपाङ्गता व्यक्तिहरुको क्षमताको सम्मान गर्नुको साथै उनीहरुलाई हौसला पनि प्रदान गर्नुपर्ने बताइन् ।

नगरपालिकाले पनि अपाङ्गता भएका व्यक्तिहरुलाई पहिलो प्रथामिकतामा राखेर कार्यक्रमहरु तयार गरिरहेको बताइन् । अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अभिबृद्धिका लागि नगरपालिकाले योजनाबद्ध रुपमा कार्यक्रम बनाउने नगरपालिकाकी उप–प्रमुख बिमला सापकोटाले प्रतिबद्धता व्यक्त गरिन् । त्यस्तै, बनेपा नगरपालिकाको वडा नं ८ की वडा अध्यक्ष शुभ लक्ष्मी मानन्धरले अपाङ्गता व्यक्तिहरुको अधिकार संरक्षण गर्नुपर्ने र यस कार्यमा आफू प्रतिबद्ध रहेको पनि बताइन् ।

अपाङ्गता दिवसको अवसरमा नगरपालिकाले गरेको सचेतनामूलक प्रभातफेरी कार्यक्रम बनेपा नगरपालिकाको प्राङ्गणबाट सुरु भई बनेपा बजार परिक्रमा गरिइएको थियो । यस्तै, सो अवसरमा नगरपालिको अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण पनि गरिएको नगरपालिकाले जानकारी दिएको छ । कार्यक्रममा श्री आर्दश बाल विकास केन्द्र, काभ्रे बहिरा विद्यालय, नेत्रहिन संघ, स्पाइनल इन्जुरी पुर्नःस्थापना केन्द्र, अपाङ्ग बाल अस्पताल तथा पुर्नःस्थापना केन्द्र, अपाङ्ग महिला संघ, मेरुदण्ड पक्षघात संघ काभ्रे, पोर्टेज पुर्नःस्थापना केन्द्र, सिफ नेपाल लगायत अपाङ्गताका क्षेत्रमा आबद्ध संस्थाहरुको सहभागिता रहेको थियो ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला