काठमाडौं । नेपाल तामाङ कलाकार संघको आयोजनामा मंसिर २९ र ३० दुईदिने तेस्रो तामाङ माैलिक सेलो संगीत महोत्सव काठमाडौं बाैद्व चुच्चेपाटी स्थित होटेल हायतको खुल्ला मैदानमा हुने भएको छ।

बुधबार नेपाल तामाङ घेदुङ संघीय सभाहल काठमाडौं बाैद्वमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रम बारे नेपाल तामाङ कलाकार संघको अध्यक्ष विशाल काल्तानले जानकारी दिएको थियो ।

“सम्पूर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला संस्कृतिको विकास ,संरक्षण तथा प्रवर्द्धन हाम्रो प्रतिबद्धता” भन्ने मुलनाराका साथ यस तेस्रो तामाङ माैलिङ सेलो संगीत महोत्सव- २०८०ले विशेषगरी समग्र तामाङ संस्कृतिलाई प्रतिनिधित्व गर्ने डम्फूलाई संसार भरि चिनाउने उदेश्यले उक्त महोत्सव गर्ने लागिएको आयोजकले बताउनु भएको छ।

तेस्रो तामाङ माैलिक सेलो महोत्सव बाैद्द स्तुपा परिसरबाट विशेष र्यालि गरेर कार्यक्रम स्थलमा प्रवेश गर्ने संघले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

उक्त दुईदिनमा सम्पन्न हुने कार्यक्रममा ताम्वाहरुबाट दोङराप,काइराण, ग्युईठिम, ह्युलठिम ग्याल्ठीम ऐतिहासिक जानकारी दिई बब्साको कुरालाई विशेष जोड दिइने भएको छ। उक्त माैलिक तामाङ सेलो महोत्सवमा तामाङ कलाकारहरुको विशेष सांगीतिक प्रस्तुतिहरु हुने बताउनु भयो ।

डम्फू तामाङ संस्कृतिको मुटु हो। सिंगो तामाङ समुदायको आस्था हो। त्यसैले डम्फूलाई विश्वभर चिनाउनु पर्ने तपाईं हाम्रो कर्तव्य र दायित्व हो भनेर संसारभर चिनाउनका लागि उक्त कार्यक्रमको मुख्य उदेश्य रहेको छ।महोत्सव दुई वर्षको अन्तरालमा गर्दै आईरहेको संघको निरन्तर कार्यविधिमा रहेका कार्यक्रम ह‍ो।

पत्रकार सम्मेलनमा तामाङ लोक सम्राट चन्द्रकुमार मोक्तान,तामाङ कलाकार संघको संस्थापक अध्यक्ष एवम् वरिष्ठ गायक चन्द्रकुमार दोङ,वरिष्ठ गायिका इन्द्रिरा गोले,वरिष्ठ  रोज मोक्तान ,वरिष्ठ  प्रेम लोप्चन, चर्चित गायिका इन्दिरा योञ्जन , पुर्व अध्यक्ष तथा चर्चित गायक  सञ्जिव वाइवा, पुर्व अध्यक्ष एवम् चर्चित गायक तथा संगीतकार विश्व दोङ,चर्चित नायिका चादनी मोक्तान ,लगायतका अतिथिहरु उपस्थिति रहेका थिए।

उक्त महोत्सव भव्य र सभ्य ढंगले सफल बनाउनका लागि सम्पूर्ण संगीतप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिका अनुरोध समेत गरिएको छ।पत्रकार सम्मेलन संघको महासचिव खेम मोक्तानले सञ्चालन गरेको थियोे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।