भक्तपुर । विगत १ वर्षदेखि पाठेघर क्यान्सर भएकी सविना लामालाई बचाउनको लागि ‘सविना लामा बचाऔं अभियान–२०७५’ आयोजनामा सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रममा संकलित रकम आज (आइतबार) क्यान्सर पिडित लामालाई हस्तान्तरण गरको छ ।

कार्यक्रमबाट उठेको रकम ७ लाख ३६ हजार ५ रुपैयाँ आज पत्रकार सम्मेलन गरेर पिडित लामालाई हस्तान्तरण गरेको हो ।

बृहत साँस्कृतिक कार्याक्रम शनिबार भक्तपुरमा सम्पन्न भएको थियो । कार्यक्रम पूर्व दक्षिण कोरियाका राजदूत कमान सिह लामाको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा विशिष्ट अतिथि आदिवासी चलचित्र महासंघ नेपालको उपाध्यक्ष समाजसेवी विकु थोकर, बिशेष अतिथि तामाङ राष्ट्रिय घेदुङको महासचिव प्रविन तामाङ, नेपाल तामाङ कलाकार संघको केन्द्रीय अध्यक्ष सञ्जिव वाइवा, तामाङ राष्ट्रिय साँस्कृतिक घेदुङका अध्यक्ष शुक्रा दोङ, काभ्रे निर्माण व्यावसायिक संघको उपाध्यक्ष वीरवल लामा लगाएत अन्य अतिथि, विभिन्न संघ संस्था र समाजसेवी र कलाकारहरुको उपस्थिति रहेको थियो ।

साँस्कृतिक कार्यक्रममा तामाङ समुदायको राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुले सहयोगको अव्हान गर्दै आ–आफ्नो प्रस्तुति राखिएका थिए ।

कार्यक्रममा वरिष्ठ गायिका इन्दिरा गोलेले गीत गाउदै गर्दा तामाङ चलचित्रकी अभिनेत्री चाँदनी मोक्तान र नायिका सुनिता लुङवा उपस्थित सबैजना समक्ष चन्दा बकस बोकेर सहयोगको अपिल गरिरहेकी थिइन् ।

कार्यक्रम अभियानका संयोजक रोज दोङको सभापतित्वमा भएको थियोे भने कार्यक्रम सञ्चालन सुदिन लामा दोङ र लक्ष्मी लामाले गरेका थिए ।

Comments

comments