काठमाडौं । नेपाल तामाङ कलाकार संघको आयोजनामा तामाङ माैलिक सेलो संगीत महोत्सव सफल बनाउनका लागि व्यापक तीब्र गतिमा भइरहेको छ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गर्ने भएको छ।
“सम्पूर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला संस्कृतिको विकास ,संरक्षण तथा प्रवर्द्धन हाम्रो प्रतिबद्धता” भन्ने मुलनाराका साथ तेस्रो तामाङ माैलिङ सेलो संगीत महोत्सव- २०८० सफलता पुर्वक सम्पन्न गर्न आयोजक जोडदार ढंगले लागिरहेका छन् ।
तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानले उक्त महोत्सव भव्य र सभ्य गराउनका लागि नेपाल तामाङ घेदुङ, राष्ट्रिय तामाङ घेदुङ प्रवासी संस्थाहरु लगायतका विभिन्न संघ, संस्था बीच विशेष परामर्श सहित जानकारी दिनुभएका छन् ।
अध्यक्ष काल्तानले भन्नुभयो तामाङ कलाकार संघले तेस्रो तामाङ माैलिक महोत्सव गर्दैछ ।विशेषगरी तामाङ समुदायको डम्फू लाई संसारभर देखाउने उदेश्यले यो महोत्सव गरिदैछ। हामी तामाङ समुदायको हकहितको लागि तामाङ सभ्यता र संस्कार र संस्कृति उथान गर्नका लागि स्थापना गरिएको संस्थाहरु हो त्यसैले आम तामाङ संस्थाहरु उल्लेखनिय उपस्थितिका अनुरोध गरिएको छ।
मंसिर २९ र ३० गते हुन गइरहेको काठमाडौं बाैद्व चुच्चेपाटी स्थित होटेल हायतको खुल्ला मैदानमा हुने भएको छ।
अध्यक्ष काल्तानको अनुसार डम्फू तामाङ संस्कृतिको मुटु हो। सिंगो तामाङ समुदायको आस्था हो। त्यसैले डम्फूलाई विश्वभर चिनाउनु पर्ने तपाईं हाम्रो कर्तव्य र दायित्व हो भनेर संसारभर चिनाउनका लागि उक्त कार्यक्रमको मुख्य उदेश्य रहेको छ भन्दै अब महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताएको छ।
अब महोत्सव ३ दिन मात्र बाँकी छन् ।उक्त महोत्सव कार्यक्रम उपस्थितिका सबैलाई विशेष अनुरोध गरिएका छन् ।