काठमाडौं ।तामाङ चलचित्र संघको १४ औं साधारण सभा तथा ७ औ महाधिवेशन सम्पन्न भएको छ।

वाग्मती प्रदेश सभा सदस्य तथा पुर्व उप- सभामुख बागमती प्रदेशका माननीय राधिका तामाङको प्रमुख आतिथ्यतामा याङग्रीमा हिलसिटी जोरपाटी बाैद्व काठमाडौंमा शनिबार सम्पन्न भएको छ।

“ह्याङला फिल्म ह्याङला व्हाई,सक्से ज्याबा ग्योई” भन्ने मुलनाराका सम्पन्न ७ औ महाधिवेशनबाट तामाङ चलचित्र संघको अध्यक्षमा पुनः कुमार मोक्तान नेतृत्वमा २९ सदस्यीयमा पदाधिकारी निर्वाचित भएको छ।

महाधिवेशन बन्दसत्रको अध्यक्ष चन्द्रकुमार दोङ, प्रविन बल, पुर्खाजित राईको तीन सदस्य निर्वाचन मण्डलबाट चयनभएको अध्यक्षमा कुमार मोक्तान,वरिष्ठ उपाध्यक्ष दिपक तामाङ लामा,महिला उपाध्यक्ष सुनिता लुङबा,उपाध्यक्ष अमर लामा,उपाध्यक्ष विनयक लोप्चन चयन भएको छ। महासचिव ऋतुराज पाख्रिन,सचिव उतर लामा,कोषाध्यक्ष जोगलाल लामा,सह-कोषाध्यक्ष सुनिता दोङ तामाङ रहेको छ।भने सदस्यहरु मायादेवी मोक्तान,सुस्मा मोक्तान,बुद्ध तामाङ ,दिपक तामाङ स्याङतान,कुइसाङ रुम्बा,संजय हुत्त,रुपा एस घले,बीरमान स्याङतन,प्रवल थिङ,कुमारी माया ग्लान,ज्ञानदास तामाङ ,संगीता तितुङ ,सञ्चु थोकर,रेसम कुमार स्याउली,सृजना तामाङ चयन भएको छ।पाँच सदस्यीय पछि थप्ने गरि महाधिवेशन सम्पन्न गरिएका छन्।

कार्यक्रममा विशेष अतिथि आदिबासी जनजाति चलचित्र महासंघ अध्यक्ष पुर्खाजित राई, राष्ट्रिय तामाङ घेदुङक‍ो महासचिव प्रविन बल थियो भने अतिथिमा वरिष्ठ गायक चन्द्रकुमार मोक्तान,वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान,तामाङ पत्रकार संघको संघीय महासचिव तिर्थमान बल, गायक सञ्जिब वाइवा,तामाङ चलचित्र बागमती प्रदेशको अध्यक्ष आस्मन वाइवा, मम्स नेपालका अध्यक्ष रञ्जिता ब्लोन म्हेन्दोमाया कलाकार संघको अध्यक्ष आरम्भ तामाङ नायिका चादनी मोक्तान, बिरेन्द्र वाइवा, अभिषेक, थुप्तेन तामाङ,कुमार स्याङबा,ज्ञानदास दोङ फुर्वादोर्जे मोक्तान लगायतका अतिथिहरु उपस्थिति रहेको थियोे

संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष जोगलाल लामाद्वारा प्रस्तुत गरेका थिए।भने वार्षिक प्रतिवेदन महासचिव सुनिता लुङ्बाले प्रस्तुत गरिएको थिए।

प्रमुख अतिथि तामाङले भन्नू भयो हामी पुर्व, पश्चिम जहाँको भएपनि हामी एउटै हो। तामाङ चलचित्रको मध्यमबाट एकतामा बल पुग्ने बताउनु भयो । तामाङ चलचित्र अझ सशक्त ढंगले चलचित्र निर्माण गर्नुपर्छ कहाँनेर के समस्या छ ती समस्यालाई पहिचान गरि अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो।

तामाङ चलचित्रमा अघिल्लो कार्यकालमा बाँकी धेरै गर्नुपर्ने कार्यहरु छन्। ती कार्यहरु पुरा गर्न जिम्मेवार बोध लिएर यो दोस्रोपटक नेतृत्व लिएको बताउदै अव नितान्त तामाङ चलचित्रको विकास र सम्पुर्ण चलचित्रकर्मीहरुलाई एकठाँउमा ल्याउने प्रयासमा रहेको अध्यक्ष कुमार मोक्तानले प्रतिबद्धता गर्नुभएको छ।

संघका सदस्यद्वय टुल्साङ मोक्तान र उर्मिला वाइवा संघका पदाधिकारी सदस्य हुन् । उर्मिला वाइवा ,लक्ष्मण लामा,टुल्साङ मोक्तान र जमुना योञ्जन बीच वैवाहिक बन्धनमा बाँधेका नवजोडीलाई बधाई तथा शुभकामना पत्रबाट सम्मान गरिएका थिए।

कार्यक्रमबाट संघले कार्यक्रमहरुको सुचना सम्प्रेषण गर्ने पत्रकारहरुलाई कदर पत्रबाट प्रदान गरिएका थिए।
कार्यक्रम अध्यक्ष कुमार मोक्तानको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम पुर्व महासचिव सुनिता लुङ्बाले सञ्चालन गरेकी थिए।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला