तेमाल। तेमाल गाउँपालिका वडा नं ९ चोपटार काभ्रे अवस्थित श्री मैनाजाङ आधारभूत बिद्यालयमा स्वेटर र शैक्षिक सामाग्री वितरण कार्यक्रम २०८० राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
षाैष महिना एकदमै चासो महिना हो। यो चिसोलाई ध्यानमा राखि ६१ जना विद्यार्थीहरु रहेको बिद्यालयमा स्वीटर वितरण गरेका थिए।
प्रसिद्ध कोरियन गायक तथा अभिनेता किम तेह्युङको जन्मदिनको सुखद उपलक्ष्यमा उनको नेपाली फ्यान क्लब “KTH Nepal” ले मैनाजाङ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा उपलब्ध गराएको हो । किम तेह्युङलाई उनको स्टेज नाम “V” द्वारा पनि चिनिन्छ। किम विश्व प्रसिद्ध केटा ब्यान्ड “BTS” का सदस्य पनि हुन्।
समाजसेवी प्रेम तामाङद्वारा शैक्षिक सामाग्री स्वयम् उपस्थिति भएर तेमाल ९ का वडाध्यक्ष चन्द्रबहादुर लामा र बिद्यालयका प्रधानाध्यापक डिलबहादुर दोङलाई हस्तान्तरण गरेको हो।
उक्त स्वीटर र शैक्षिक सामाग्री वितरण गर्न पुगेकाहरुलाई डुप्पा ने घु आमा समुहबाट फूलमालाबाट स्वागत गरेका थिए।
उक्त स्वीटर र शैक्षिक सामाग्री मैनाजाङ आधारभूत बिद्यालयलाई वितरण गर्न समाजिक अभियन्ता तथा पत्रकार सुदिन दोङको पहलमा तेमाल ९ का बिद्यालयमा हस्तान्तरण गरिएको थियोे ।
कार्यक्रममा विशेष अतिथि तेमाल ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामा, प्रधानध्यापक डिलबहादुर दोङ अतिथि पहिलो तामाङ र्यापार उतर लामा(संगुल),राष्ट्रिय खेलाडी सागर घिसिङ, कामी सि तामाङ विष्णुबहादुर तामाङ पत्रकारहरु छेडुप लामा, मिङ्मा योञ्जन र सुरेन तामाङ लगायत उपस्थिति रहेका थिए।
























