काठमाडौं । गायक तथा संगीतकार च्वाईस दोङको प्रस्तुति रहेको “तुम्बाक फोपा तजाबसे” म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ।
तामाङ चलचित्र दुनियाँमा हास्य कलाकारमा निकै चर्चित नाम हो कुईसाङ रुम्बा, सधैं अभिनयमा मात्र देखिने उनी पछिल्लो समय गीत रचना पनि गरेका पाईन्छ । कुईसाङ रुम्बाको शब्द , युवा गायक तथा संगीतकार च्वाईस दोङको संगीत रहेको गीतमा संगीतकार च्वाईस दोङ र रञ्जिता घिसिङको आवाज रहेको छन् ।
तामाङ चलचित्रका महानायक अमिर दोङको निर्देशन रहेको भिडियोमा मोडल सञ्जिब गोले, टिकाराज तामाङ, रस्मिला वाइवा र सोनशि गोलेको अभिनय गरिएको छन् ।उक्त भिडियोको कोरियाग्राफीमा नरेन्द्र मोक्तान र छायांकनमा त्रिलोक लामाले भुमिका निर्वाह गरेका छन् ।साथै उक्त म्युजिक भिडियोमा चर्चित हास्य कलाकारद्वय कुईसाङ रुम्बा र पदम दोङले पनि अभिनय गरेका छन् ।
अडियो गीतको एरेञ्ज जोगलाल लामाको रहेको छ भने मिक्सिङ दिपेस प्रधानले गरेका हुन् ।
यस छायांकन सम्पन्न म्युजिक भिडियो छिट्टै बजारमा ल्याउने भिडियो निर्माण पक्षले बताएको छ।
























