काठमाडौं । प्रसिद्ध कोरियन गायक तथा अभिनेता किम तेह्युङको जन्मदिनको सुखद उपलक्ष्यमा उनको नेपाली फ्यान क्लब “KTH Nepal” ले मैनाजाङ आधारभूत विद्यालयका ६१ विद्यार्थीहरूलाई न्यानो कपडा उपलब्ध गराएको छ । किम तेह्युङलाई उनको स्टेज नाम “भि” ले पनि चिनिन्छ। किम विश्व प्रसिद्ध केटा ब्यान्ड “BTS” का सदस्य पनि हुन्।
उनको फ्यानक्लब “KTH Nepal’ ले ‘निसय सदन’ तिनकुनेमा आश्रय लिइरहेका ५० ज्येष्ठ नागरिकहरुका लागि खाना पनि प्रायोजन गरेको थियो । उनीहरुले वृद्धाश्रममा वी को जन्मदिन केक काटेर मनाए। भि हाल आफ्नो कर्तव्य पूरा गर्न सेनामा कार्यरत छन्। उनको फिर्ताको पर्खाइमा रहेका फ्यानहरूले उनको जन्मदिनको सम्मानमा माया र सकारात्मकता फैलाइरहेका छन्।
भिको नेपालमा बलियो प्रशंसकहरु छन्। उनको पहिलो एकल एल्बम ‘Layover’ का गीतहरू अहिले नेपाल एप्पल म्युजिक चार्टमा हावी छन्। ‘Slow Dancing’ उनको एल्बमको मुख्य ट्र्याक १०० दिन भन्दा बढीको लागि “शीर्ष १००” नेपाल एप्पल म्युजिक चार्टमा १ मा छ।
हामी भिको जन्मदिनको उपलक्ष्यमा उनको दीर्घायु र स्वस्थ जीवनको कामना गर्दछौं























