तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ मा रहेको श्री छारह्युल कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार एक समारोहका बीच तित्रेटारमा संस्थाको साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन ९ नं. वडाका वडा अध्यक्ष चन्द्रबहादुर लामाले गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष लामाले सहकारीले अब उत्पादन क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउन सहकारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने र त्यसको लागि वडा कार्यालय सधैं साथमा रहेको बताए ।
यसैबीच संस्थापक अध्यक्ष डिलबहादुर थोकर (ग्याम्जो)ले मुस्कीलले २५ जनाबाट शुरु गरेको सहकारीमा ९ सय ३७ जना शेयर सदस्य पुगेकोमा खुशी व्यक्त गर्दै संस्थालाई यहाँसम्म ल्याउन योगदान दिने सञ्चालक समिति र शेयर सदस्यहरुलाई धन्यवाद दिए । सहकारी क्षेत्रमा अविश्वास बढिरहेको अवस्थामा छारह्युल कृषि सहकारी प्रति विश्वास नघटेको बताउँदै थोकरले अब बचत र ऋणको अलावा उत्पादन क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष सूर्यबहादुर तामाङले वार्षिक प्रतिवेदन पेश गरेका थिए । सो प्रस्ताव सर्वसम्मत पारित गरिएको थियो ।
कार्यक्रम संस्थाको अध्यक्ष तामाङको अध्यक्षतामा र सचिव ङेमादोर्जे थोकरको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सञ्चालन समितिका सदस्य जगतलाल तामाङले स्वागत गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























