भक्तपुर । सविता श्रेष्ठको  प्रस्तुति रहेको तामाङ गीत  “एमी निची”धमाधम छायांकन हुँदैछ।

लोकप्रिय गायक तथा संगीतकार निमा दोङको शब्द, संगीत रहेको गीत चर्चित गायक तथा संगीतकार प्रयास दोङको आवाज रहेको छ।

निकै लामो समयको अन्तरालपछि गायक तथा संगीतकार प्रयास दोङले माया प्रेम संग सम्बन्धित वियोगान्त नयाँ गीत बजारमा ल्याउन लागेको छ। गायक दोङ करिब एक दशक अगाडि नै तामाङ गीत सांगीतिक जगतमा आफ्नो वर्चस्व कायम गरि युवाहरूको ढुकढुक्कीमा समेत बस्न सफल गायक रुपमा परिचित नाम हो प्रयास दोङ।

निर्देशकको दुनियाँमा छुट्टै आफ्नो कुशलता प्रस्तुत गरेर व्यस्त र कुशल निर्देशक प्रतीक ङ्यसुरद्वारा निर्देशित गरिएको म्युजिक भिडियोमा चर्चित मोडल लाक्पा लामा नव मोडल केन्सी डोल्मा तामाङ र गायकद्वय प्रयास दोङ स्वयम् ले मुख्य पात्रको अभिनय गरेका छन् भने भिडियोमा नव कलाकार मनिक लामाको पनि भुमिका निर्वाह रहेको छ।
उक्त म्युजिक भिडियोको छायांकन त्रिलोक लामाले गरेको हो भने मेकप अार्टिस रेसम तामाङले गरेका छन् ।

अडियो गीतको एरेञ्ज नोर्वु शेर्पा, दिप स्टुडियो रेकर्डिङ गरेको गीतको मिक्सिङ दिपेस प्रधानले गरिएको हो।
यस छायांकन गरिएको म्युजिक भिडियो छिट्टै बजारमा आउने भिडियो निर्माण पक्षले तेमाल अनलाइनलाई जानकारी दिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।