तेमाल– काभ्रे जिल्लको तेमाल गाउँपालिकाका विभिन्न विद्यालय र गाउँका ज्येष्ठ नागरिकहरुलाई कान्छीमाया फाउन्डेशनका अध्यक्ष डा. दिलबहादुर तामाङले न्यानो वितरण गरेका छन् । बुधबार (आज) अध्यक्ष डा. तामाङले गाउँपालिकाका वडा नं. ३ र ५ का ज्येष्ठ नागरिकहरुलाई सिराक र वडा नं. ९ का दुई विद्यालयका विद्यार्थीहरुलाई स्वीटार वितरण गरेका हुन् ।
वितरणको क्रममा वडा नं. ३ का ज्येष्ठ नागरिक, अपांगता र एकल महिला गरि १३० जनालाई न्यानो सिराक वितरण गरेको थियो । वितरण सो कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, वडा अध्यक्ष विष्णुबहादुर तामाङ, कान्छीमाया फाउन्डेशनका अध्यक्ष डा. दिलबहादुर तामाङ लगायतका सहभागी थियो ।
यसैबीच वडा नंं ५ मा पनि २ सय ५० जना ज्येष्ठ नागरिकहरुलाई सिराक वितरण गरेको छ । वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रबहाद् तामाङ, वडा अध्यक्ष हजारसिं लामा, फाउन्डेशनका अध्यक्ष डा. दिलबहादुर तामाङको सहभागी थियो ।
त्यसैगरी वडा नं. ९ मा रहेको श्री कुशेश्वर माविका २७३ जना र श्री मैनाजाङ आधारभूत विद्यालयका ६१ जना विद्यार्थीहरुलाई स्वीटार वितरण गरेको छ । वितरण कार्यक्रममा फाउन्डेशनका अध्यक्ष डा. दिलबहादुर तामाङ, वडा अध्यक्ष चन्द्रबहादुर लामा लगायतका सहभागी थियो ।
सामाजिक सेवामा समर्पित सो संस्थाले विगत लामो समयदेखि वालबालिका र ज्यष्ठ नागरिकहरुको क्षेत्रमा काम गर्दै आएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























