रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको सिंहदरबार गाउँगाउँमा बनाउनु पर्ने बताउनुभएको छ।
बिहीबार रामेछापको सुनापति गाँउपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन समारोहमा उक्त धारणा राखिएको थिए।
गाउँगाँउमा सिंहदरबार पुर्याउनु पर्छ ,प्रत्येक जनतालाई सरकारको प्रत्याभूति दिलाउनुपर्छ भनेर निकै छलफल र परामर्शबाट ल्याएको व्यवस्था हो। अझै जनताले सोचेको जस्तो भएको छैन भन्दै उहाँले केही यथास्थितिवादी र केही तत्वहरुले जनतालाई गाउँगाउँमा सिंहदरबार बनाउन नदिने दुस्साहस भइरहेको छ आम जनताहरु सचेत हुन जरुरी रहेको बताएका छन् ।
२७औं वीरता र बलिदान दिवस द्वन्द्व कालमा बेथानमा मारिएका तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारलाई र उक्त घटनामा सहभागीता हुने जिवित रहेकोहरुलाई सम्मानका साथै शहीद स्मारकको उद्घाटन गरिएको थियो ।
‘हामी अहिले पनि क्रान्तिमै छौं । क्रान्ति सकिएको छैन, क्रान्तिको स्वरूप फेरिएको छ,’ प्रचण्डले भने, ‘हामी समाजवादको लक्ष्यमा छौं । त्यसका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेका छौं। यो क्रान्तिको शान्तिपूर्ण मोर्चा हो ।’
कार्यक्रममा प्रधानमन्त्रीले जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोह रहेको र त्यसले नै देशमा महान् परिवर्तन सम्भव भएको दाबी गरे ।
प्रधानमन्त्रीले वर्तमान सरकार देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको पनि बताए ।अझ जति सकिन्छ सबै काम गर्ने तिर विशेष ध्यान दिएको बताउनु भएको छ।
कार्यक्रममा संविधान सभा सदस्य एवं प्रतिनिधि सभा सदस्य सदस्यम माननीय सुर्यमान दोङ(लालध्वज), माननीय कान्छाराम तामाङ प्रदेश सदस्य युवराज चौलागाईं लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।























