तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६ मा रहेको तिमाल सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं साधारण सभा सम्पन्न भएको छ । शनिवार ठूलोपर्सेलमा सम्पन्न साधारण सभाले पासाङ लामालाई सञ्चालन समितिको अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

साधारण सभाले प्रथम उपाध्यक्षमा विकु लाल तामाङ, महिला उपाध्यक्षमा सरिता नराल, सचिवमा उमा मोक्तान तामाङ, सह–सचिवमा सुमन राना मगर, कोषाध्यक्षमा जित बहतदुर लामा, सदस्यहरुमा भोज कुमार तामाङ, अशोक लामा, प्रेम लामा, राज तामाङ, चेत बहादुर राना रहेका छन् ।

यसैबीच लेखा सुपरिवेक्षण समितिको संयोजकमा यादव कुमार शाह र सदस्यहरुमा सुजल राना मगर र मनिषा खरेल चयन भएको छ ।

साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष जित बहादुर लामा, वार्षिक प्रगती प्रतिवेदन सचिव उमा मिक्तान र संस्थाको भए गरेको कार्यक्रम र भावी योजना तथा नीति कार्यक्रम अध्यक्ष पासाङ लामाले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनहरु सर्वसम्मतले पारित गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडा अध्यक्ष प्रेम बहादुर तामाङ थिए भने अतिथिहरुमा संस्थाको संस्थापक अध्यक्ष एवं श्री पन्चकन्या माविको प्रधानाध्यापक टंकमान लामा, संस्थापक सचिब गोविन्दराज मैनाली, संस्थापक सहसचिव एवं बाह्रा तिमाल साना किसान सहकारी संस्था लि का अध्यक्ष संजय कुमार लामा, पूर्व वडा अध्यक्ष बिकुलाल तामाङ, वडा सदस्यद्वय चेत बहादुर राना र बिष्णु माया तामाङ लगायतका रहेका थिए ।

पासाङ लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सुमन रानामगरले गरेका थिए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला