काठमाडौं । द भ्वाइस अफ नेपाल सजिन ५ का उत्कृष्ट प्रतिस्पर्धी मकर बहादुर योञ्जन तामाङलाई उपाधि प्राप्त गर्नका लागि तामाङ कलाकार संघले भोटको अपिल गरिएको छ।
नेपाल तामाङ कलाकार संघको आयोजनामा नेपाल तामाङ घेदुङ संघीय कार्यलयको सभाहल चुच्चेपाटीमा उक्त कार्यक्रमको भएको हो।
हाम्रो पनि राम्रो पनि मकर योञ्जन द भ्वाइस अफ नेपाल सजिन ५ उपाधि हासिल गर्नका लागि भोटिङ लागि विश्वभर छरिएर बसेका सम्पन्न कलाकारप्रेमी सबैलाई संघका अध्यक्ष विशाल काल्तनले आह्वान गरिएका छन् ।
कोज राजेशको टिममा मकर योञ्जन रहेको छ। कोज राजेश र मगर योञ्जनको हातमा उपाधि प्राप्त गर्नाका लागि खल्ती एप्स डाउण्लोड गरि voting section मा गई टिम राजेश सेलेट गरी भोट गर्न सकिनेछ
योञ्जनलाई भोट गर्न ६ दिन मात्र बाँकी छ। अब यो अभियानलाई व्यापक बनाउनु पर्छ । हामी सबैले जतिसक्दो छिटो भोट गर्नुपर्ने संघले बताए ।मकर बहादुर तामाङ तामाङ कलाकार संघको सदस्य पनि हुन् ।
नेपाल तामाङ कलाकार संघको संस्थापक अध्यक्ष वरिष्ठ गायक चन्द्रकुमार दोङ, नेपाल तामाङ घेदुङका संघीय सह-अध्यक्ष कुमार घिसिङ नेपाल तामाङ घेदुङका महासचिव जगतमान दोङ,नेपाल तामाङ कलाकार संघको सल्लाहकार सञ्जिव वाईवा, नेपाल तामाङ कलाकार संघको प्रमुख सल्लाहकार विश्व दोङ, तामाङ सोसाइटी युके का महासचिव माणी लामा तामाङ डाजाङका अध्यक्ष फुलकुमार बम्जन लगायतका कलाकार र पत्रकारहरुको उपस्थिति रहेका थिए।
द भ्वाइस अफ नेपालको अाउदो शुक्रबार ग्राण्ड फिनाले गोदावरीको सुर्यादयी हलमा सम्पन्न हुने भएको छ।
























