काठमाडौ ।अनुग्र पाख्रिन ( काजी बोस)को प्रस्तुतिमा निर्माण गरिएको “मायाला अर्थ” म्युजिक भिडियोलाई आफ्नो जन्मदिनको शुभअवसर पारि उक्त  गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको छ।

तामाङ कलाकार संघको अध्यक्ष विशाल काल्तनको प्रमुख आतिथ्यतामा मंगलबार सेकुवा जक्शन बाैद्दमा पत्रकार सम्मेलन गरि उक्त म्युजिक भिडियोलाई बजारमा ल्याएको हो।

शब्द, संगीत गायक तथा संगीतकार प्रतीक मोक्तानको रहेको गीतमा चर्चित गायिका जितु लोप्चन र गायक प्रतीक मोक्तानको सुमधुर आवाज रहेका छन् ।
मिस्टर काजीको निर्देशन गरिएको गीतमा नब मोडल अनुग्र पाख्रिन(काजी बोस) र चर्चित मोडल याङ्गी दोङले मुख्य अभिनय भुमिका निर्वाह गरेको हो।

अडियोको एरेञ्ज सानुबाबु घिसिङको रहेको गीतको भिडियोको छायांकन, सम्पादक र कलर त्रिलोक लामा हो भने ड्रोन रोनिस तामाङले गरिएका छन्।
कार्यक्रममा तामाङ चलचित्र संघको सचिव तथा पहिलो तामाङ र्यापार उतर लामा(संगुल) युवा व्यवसायी इश्वराज लामा, समाजसेवी तथा युवा व्यवसायी सुर्य कुन्डाले तामाङ लगायतका अतिथिहरुको उपस्थिति रहेको थियोे ।
यस् म्युजिक भिडियो नि प्रोडक्शनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

गायक तथा संगीतकार प्रतीक मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रम सुदिन दोङले सञ्चालन गरिएको थिए।

भिडियो हेर्नुस् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।