बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको मुख्य ब्यापारिक केन्द्र बनेपामा आगामी फागुन महिनाको पहिलो साता बृहत् कृषि महोत्सव हुने भएको छ ।
‘बजारमुखी एवं निर्यात योग्य कृषिको उत्पादन, समृद्ध तथा समुन्नत काभ्रेको अभियान’ भन्ने मुल नाराका साथ उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।
फागुन ४ देखि ७ गतेसम्म बनेपामा महोत्सव आयोजना हुने जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख एवं बृहत् कृषि महोत्सव मुल समारोह समितिका संयोजक दिपक गौतमले जानकारी दिए ।
काभ्रेपलाञ्चोक जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन, किसानले उत्पादन गरेका कृषि उपजको बजारिकरणको ब्यवस्था मिलाउन, कृषिमा आधुनिकीकरण र ब्यवसायिकीकरण गर्न, कृषिमै रोजगारीको अवसर सिर्जना गर्न महोत्सव आयोजना गरिएको प्रमुख गौतमले बताए ।
‘कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गर्न महोत्सवले भूमिका खेल्नेछ । महोत्सवलाई भब्य, कृषि र किसानको हितमा बढीभन्दा बढी प्रभावकारी बनाउन आवश्यक रचनात्मक सुझाव दिन समेत प्रमुख गौतमले आग्रह गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















