रोशी-  काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ११ मा बृहत ल्होछार साँस्कृतिक महोत्सव-२०८० को आयोजना हुने भएको छ । वडा कार्यालयको आयोजनामा हुने सो महोत्सव आगामी माघ ईई गतेका दिन कालो ढुंगा स्थित डम्फूपार्कमा हुने भएको हो ।

टाशी चुक्ला खाङ गुम्बा अध्ययन केन्द्रको समन्वयमा हुन लागेको कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमहरुको बेजोड प्रस्तुती हुने आयोजकले जनाएको छ । कार्यक्रम वागमती प्रदेश खानेपानी, उर्जा तथा सिचाइ तीर्थ लामाको प्रमुख आथिथ्यतामा हुने बताएको छ । कार्यक्रममा मन्त्री लामाका अलावब पूर्व खेलकुद मन्त्री रत्न प्रसाद ढकाल वरिष्ठ कलाकार तथा राष्ट्रिय खेलकूद परिषद्का पूर्व सदस्य-सचिव युवराज लामा, जिल्ला समन्वय समितिका उपप्रमुख  रिमबहादुर तामाङ गाउँपालिका अध्यक्षा दिनेश लामा, उपाध्यक्षा मिमबहादुर वाइबाको समेत सहभागी हुनेछन् ।

कार्यक्रममा  कलाकारहरु चन्द्रकुमार दोड, इन्दिरा गोले,  नायक अमिर दोङ, वैराग मोक्तान, प्रयास दोड, च्वाईस दोङ, लगायतको प्रस्तुति रहने बताइएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।