तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. २ मा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । डाँडागाउँ जागरुक युवा समाजको आयोजना र वडा कार्यालयको सहयोगमा सो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन वागमती प्रदेश सभा सदस्य सांसद रत्न ढकालले गर्ने आयोजकले जनाएको छ । गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, उपाध्यक्ष दलमान थोकरको समेत सहभागी हुने सो प्रतियोगिता आगामी माघ २२ गते गोठडाँडा सिमलचौरमा हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार नगद, दोस्रो हुनेले रु. ३० हजार नगद र तेस्रो हुनेले रु. १० हजार नगद पाउने वडा अध्यक्ष देवराज तामाङले जानकारी दिए । तेमाल गाउँपालिकामा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुनलागेको यो पहलो पटक हो ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला