रोशी– वागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेल आगामी मंसिर २६ गतेका दिन रोशी गाउँपालिका वडा नं. ८ मा आउने भएको छ । तामाङ समुदायको नयाँ वर्ष तथा साँस्कृतिक चाड ल्होछारको अवसरमा हुने ल्होछार साँस्कृतिक कार्यक्रम र सो स्थानमा निर्मित बुद्धको मुर्ति उद्घाटन गर्न मुख्यमन्त्री जमकट्टेल आउने भएको हो ।

सो अवसरमा बौधधर्म गूरु टुल्कु सोनाम अर्वाड रेम्पोर्छे सरदेश (चार) अवतारबाट बुद्धको मूर्ति प्राण प्रतिष्ठा पूजा (ह्राप्ने) समेत हुने आयोजकले जनाएको छ । कार्यक्रममा पूर्व उर्जा राज्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य सूर्यमान दाेङ, वागमती प्रदेशका उर्जा, सिंचाइ तथा खानेपानी मन्त्री तिर्थ लामा, प्रदेश सभा सदस्य सांसद रत्न ढकाल, गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइबा लगायतका सहभागी हुने जनाएको छ ।

ल्होछार साँस्कृतिक कार्यक्रमको लागि कलाकारहरु चन्द्रकुमार दोङ, उदय सोताङ, सुरेश अधिकारी, महेश खडका, दिपक लिम्बु, बसन्त सापकोटा, विनोद राई, विश्व दोङ, प्रयास दोङ, रोजिना बस्नेत लगायतका कलाकारहरुले प्रस्तुति दिनेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।