धुलिखेल– काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ४, बखुन्डोल बुद्धपार्कमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
२८६० सोनाम ल्होछारको अवसरमा ‘भाषा, धर्म, सँस्कृति जोगाव लाई, ह्याङला ल्होछार छार्नलाई’ भन्ने मूल नाराका साथ सो कार्यक्रम हुन लागेको आयोजकले बताएको छ ।
कार्यक्रम आगामी माघ २७ गतेका दिन २८ किलो स्थित बखुण्डोल बुद्धपार्कमा हुने बताइएको छ । आदिवासी जनजाति परिषद् धुलिखेल नगरपालिकाको प्रायोजक र बखुण्डोल बुद्धपार्कको आयोजनामा हुने सो कार्यक्रममा कलाकारहरु विशाल थिङ, सुवास तामाङ, तोप लामा लगायतले मनोरन्जन प्रदान गरिने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























