काठमाडौं । तामाङ सेलो जगतमा चर्चित गायिका मिना लामाको प्रस्तुति रहेको “साथी र सङ्गी” बोलको नयाँ तामाङ सेलो गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ।
गायिका मिना लामा लोक दोहोरी क्षेत्रमा निकै व्यस्त गायिका हुन्
तामाङ कलाकार संघको प्रमुख सल्लाहकार एवम् लोकप्रिय गायक संगीतकार विश्व दोङको शब्द ,म्युजिक र एरेञ्ज रहेको गीतमा संगीतकारद्वय विश्व दोङ र गायिका मिना लामाको सुमधुर आवाज रहेका छन् ।

भिडियोको निर्देशक प्रतीक ङ्यसुर निर्देशन गरेकोे भिडियोमा निर्देशकद्वय प्रतीक ङ्यसुर स्वयंम र चर्चित मोडल याङगी दोङले मुख्य अभिनयको भुमिका निर्वाह गरिएको छ।

त्रिलोक लामा वाइवाको छायांकन र सम्पादन रहेको भिडियोलाई कोरियोग्राफी नरेन मोक्तानले गरेको थियोे ।
अडियोको मिक्सिङ दिपेस प्रधानले गरिएको गीत दोङ स्टुडियोमा रेकर्डिङ गरिएको थिए।

उक्त म्युजिक भिडियो मिना लामा अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
भिडियो हेर्नुस् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।