काठमाडौ । तामाङ समुदायको राष्ट्रिय महान पर्व २०६० औं डुक( मु पुख्री ल्हो ) सोनाम ल्होछारको अवसरमा नयाँ ल्होछार विशेष गीत ‘दिङ्गीला ल्होछार’ भिडियो सहित सार्वजनिक भएको छ।
पूर्वमन्त्री परशुराम तामाङको प्रमुख आतिथ्यतामा सोमबार काठमाडौंको स्वयम्भूस्थिति तामाङ कुतापमा पत्रकार सम्मेलनको् आयोजना गरि उक्त नयाँ ल्होछार गीत बजारमा ल्याएको हो।
गीतको शब्द सोनम बज्यु र फूलकुमार बम्जनको रहेको छ भने संगीत/एरेन्ज सोनम बज्युको रहेको छ । गीतमा सोनम बज्यु, , फूल कुमार बम्जन, सोनाम लामा, रेश्मा बम्जन र सुमिना लो सुमधुर आवाज रहेको छ।
भिडियो सोनम बज्युको परिकल्पना तथा निर्देशनमा मोडल मिलन थिङ पाराङ, सन्जु थलाङ लिम्बू, कृष्मा वाइबा, सोनम मोक्तान, लगायतले मुख्य अभिनय गरेको देखिन्छ । बुद्ध तितङुले नृत्य निर्देशन गरेको भिडियो छायांकन तथा सम्पादन भिम बहादुर तामाङले गरेका हुन्।
पत्रकार सम्मेलन तथा भिडियो सार्बजनिक कार्यक्रममा विशेष अतिथि नेपाल तामाङ घेदुुङका अध्यक्ष मोहन गोले, ताम्सालिङ संघर्ष समितिका आर्थिक संयोजक बाबुराम लोप्चन, चर्चित कलाकार बुद्धि तामाङको साथमा बुद्धि तामाङकै निर्दैशन रहेको नाटक मासिन्याको सिंगो टिमको समेत उपस्थिति रहेका थिए ।
नयाँ ल्होछार गीतको भिडियो हेर्नुस्
























