चौंरीदेउराली– माओवादी केन्द्र निकट शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन चौरीदेउराली गाउँपालिका समितिको तेस्रो सम्मेलन सम्पन्न भएको छ । शनिवार सम्पन्न सम्मेलनबाट राजु चौंलागाईं अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।

सम्मेलनबाट उपाध्यक्षमा गंगा बहादुर लामा, चन्द्रमान तामाङ, महिला उपाध्यक्षमा दुर्गा चौलागाई, सचिवमा खिमन्द गौतम, सहसचिवमा श्रीकृष्ण राज गिरी, कोषाध्यक्षमा बिष्णु शाक्य निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा जेमान लामा, मनोज प्रधान, अनिशा तामाङ, मोहान प्रसाद गौतम, केशव कुमार गौतम, दुर्गा श्रेष्ठ, चलाख सिं लामा, सानिमाया रूम्बा, छविलाल गौतम, सुदर्शन गौतम, दिल बहादुर लामा, कमान पहरी, पुन्य प्रसाद चौलागाई, सुकविर विक, शुशिला घिसिङ, माधव रेक्मी, रामहरि गौतम, प्रतीक्षा लामा, संगिता श्रेष्ठ, जय सिं ठाकुर, भरत कुमार श्रेष्ठ, दिल बहादुर लामा निर्बाचित भएका छन् ।

माओवादी केन्द्रको केन्द्रिय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सांसद रत्न प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सचिवालय सदस्य एवं चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं, बागमती प्रदेश समिति सचिवालय सदस्य एवं काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ (अनुशील), एकीकृत अखिल नेपाल शिक्षक संगठनको उपमहासचिव झम्क प्रसाद चौलागाईं, बागमती प्रदेश सदस्य होमबहादुर खुलाल, संगठनको पूर्व केन्द्रीय उपाध्यक्ष दुर्गा सिं लामा, जिल्ला अध्यक्ष चेत बहादुर लामा, पार्टीको चौरीदेउराली गाँउ समिति अध्यक्ष तेज पन्त, गाउँपालिका पूर्व उपाध्यक्ष तारादेवी चौलागाईं गौतम र पार्टीको चौरीदेराली गाउँ समिति सचिव विनोद घिसिङ, गाउँपालिका प्रवक्ता एवं ८ नं. वडा अध्यक्ष धन लामा र विद्यार्थी नेता सगार गौमत लगायतका सहभागी थियो ।

कार्यक्रमको अध्यक्षता कमल तामाङले गरेका थिए भने सञ्चालन नविन किशोर राईले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य शिक्षक लक्ष्मी लामाले राखेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।