काभ्रे । जिल्लाको चौरी देउराली गाउँपालिकाले तामाङहरुको महान चाड ल्होछारको अवसरमा तीन दिन विदा दिने भएको छ ।
माघ १० गते गाउँ कार्यपालिकाको निर्णयानुसार २८६० औं सोनाम ल्होसारको (डुक ल्हो) उपलक्ष्यमा माघ २६ २७ र २८ गते सार्बजनिक बिदा दिने घोषणा गरिएको हो ।
गाउँपालिकाको कार्यालय अन्गर्तका विद्यालयहरु, स्वास्थ्य संस्थाहरु, सरकारी, गैरसरकारी, बैक तथा वित्तिय संघ संस्थाहरुलाई सार्वजनिक विदा दिने निर्णय गदै सूचना जारी गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















