भकुण्डेवेशी । जिल्लाको नमोबुद्ध नगरपालिकाका ४ वटा वडामा कृषि सिकाई केन्द्र (लेज पार्क) सञ्चालन गरिएको छ ।

वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र (सिप्रेड), अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आर्थिक तथा प्राविधिक सहयोगमा नमोबुद्ध नगरपालिकाले सञ्चालन गरेको जलवायु अनुकुलन समाधान कार्यक्रम अन्तर्गत वडा नं २, ३, ६ र ४ मा कृषि सिकाई केन्द्र (नलेज पार्क) सञ्चालन गरिएको हो ।

विश्वमा बढ्दोे जलवायु परिवर्तनका असरहरु देखिरहेको सन्दर्भमा जलवायु अनुकल प्रविधिहरुको प्रदर्शनी गर्ने, विषादी न्यूनिकरण गर्नुका साथै नमुना गाउँ विकास गर्नको लागि सिकाई केन्द्र सञ्चालन गरिएको सिप्रेडका कृषि तथा जलवायु परिवर्तन प्राविधिक मनोज सिलवालले जानकारी दिए ।

उनका अनुसार, चार स्थानमा रहेका ती ‘नलेज पार्क’ मा झोल मोल उत्पादनका साथै विभिन्न खालका मोहनी पासो, सिंचाई पोखरी, माटो निर्मलिकरण, टाडे नर्सरी, थोपा सिंचाई, मल्चिङ प्रविधि आदिको प्रदर्शनी हुन्छ । ‘उत्पादन बढी कसरी गर्ने, जलवायु परिवर्तनको असर कसरी घटाउने र विषादी न्युनिकरण कसरी गर्ने भन्ने कुरा ती नलेज पार्कमा सिकेर कृषकहरुले आफूले प्रयोग गर्नुहुन्छ,’ सिलवालले भने । सिप्रेडले हालै वडा नं ४ नलेज पार्क सञ्चालनमा ल्याएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।