काठमाडौ ।मन्जुश्री संवत् २८६० डुक ल्हो (मु पुख्री) सोनाम ल्होछार कार्यक्रमका तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तन युएई प्रस्थान गरिएको हो।

युएईमा हुने ल्होछार विशेष कार्यक्रमका लागि अध्यक्ष काल्तन नेपालको समय ठीक ४ बजे युएई गाएको हो।
वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईको आयोजनामा उक्त सोनाम ल्होछार कार्यक्रम भएको हो।

“तामाङ समाज युएईमा शान,तामाङ संस्कृति तामाङ पहिचान” भन्ने मूलनाराका साथ यहीँ आउदो फेब्रुअरि १० तारिखको युएईको समय ठीक १बजे सुडानी सोसियल क्लब अबुधाबीमा विशेष ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ। भने फेब्रुअरि ११ तारिखमा १ बजे याक एण्ड यति क्लब एभरेस्ट अष्ट्रेलिया होटल बरदुबाहेको कार्यक्रम हुने भएको छ।

तामाङ कलाकार संघको अध्यक्ष एवम् लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तनले आफ्नो सांगीतिक प्रस्तुति दिने बताएका छन् साथै उक्त ल्होछार कार्यक्रममा गायिका विना घले र VD J विजयको पनि सांगीतिक प्रस्तुति रहेका छन् ।

तामाङ समाज युएईले नेपाल तामाङ घेदुङ
घ्रेन दिम(भवन)खरिद सहय‍ोगार्थ डुक ल्हो (मु पुख्री) सोनाम ल्होछार कार्यक्रम गरिएको आयोजकले बताउनुभएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।