काठमाडौं । तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा राष्ट्रिय सोनाम ल्होछार २८६० औं डुक (मु पुख्री) ल्होछार आज माघ २६ गते बिहिवारबाट सुरु भएको छ।
२८६०औं डुक (मु पुख्री)ल्होछार मूल समारोह यस् वर्ष तीनदिन सम्म काठमाडौंको टुँडिखेलमा तामाङ समुदायको पहिचान मुलुक राष्ट्रिय पर्व राष्ट्रिय २८६० औं डुक (मु पुख्री)(नयाँ वर्ष) तीन दिनसम्म आम तामाङ समुदायले मनाउने भएका छन् ।
त्यसै गरि भोलि हुने दोस्रो दिनको कार्यक्रम विहान ८ बजेदेखि १२ बजे सम्म पूजापाठ र १ बजेदेखि राति ८ बजे सम्म राष्ट्रिय चर्चित कलाकारहरुको साथमा द भ्वाइस अफ नेपाल सिजन पाँचका उपविजेता मकर बहादुर योन्जनको विशेष सांगीतिक प्रस्तुती रहनेछ भने रातको ८ बजेदेखि १० बजे सम्म डिजे तेन्जिङको विशेष प्रस्तुती रहने भएको छ ।
“मञ्जुश्री सम्वत् २८६० सिङ/फो मुपुख्री सोनाम ल्होछार भव्य रुपमा सफल मनाऔ ! पहिचान सहितको ताम्सालिङ प्रदेश स्थापनाको लागि अघि बढौं”भन्ने मूलनाराका साथ सोनाम ल्होछारलाई नेपाल तामाङ घेदुङ र राष्ट्रिय तामाङ घेदुङ लगायत विभिन्न संघ संस्थाहरुको सहभागितामा काठमाडौं टुँडिखेलमा तीन दिवसीय विशेष तामाङ सांस्कृतिक महोत्सवका रुपमा मनाउने भएका छन् ।
माघ २७ गते दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले ल्होछार कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम छ । ल्होछारको औपचारिक कार्यक्रमअघि खुलामञ्चबाट सांस्कृतिक र्याली, झाँकीसहित सहरका विभिन्न स्थान परिक्रमा गरिनेछ । महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरू (ताम्बा, बोन्बो तथा लामा) गुरुहरूद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यहरू (दोहोरी, नृत्य, डम्फू सेलो, मानेदोरा तथा म्हेन्दोमाया) साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित अतिथि कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
तामाङ जातिको सामाजिक, सांस्कृतिक एवम् धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ । यो गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिविम्बित गर्दछ । ‘ल्हो’ को अर्थ ‘साल’, सम्वत्, वर्ष, उमेर र ‘छार’को अर्थ ‘नयाँ’ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । ल्हो बाह्रवटा हुन्छन् अर्थात् तामाङ भाषामा पनि भनिन्छ । विभिन्न बाह्रवटा पशुपंछीको नामबाट ल्होको नाम राखिएको हुन्छ ।
काठमाडौं टुँडिखेलमा भइरहेका २८६०औं राष्ट्रिय सोनाम डुक ल्होछारलाई नमस्ते साउन सिस्टमले व्यवस्थापन गरिएको छ।
























