काठमाडौं– मम्स इन्टरनेशनल नेपालद्वारा आयोजना गरिएको १६औं संस्कारको मिस तामाङमा काठमाडौंकी रिया तामाङ भएको छ।
मिस तामाङ २०२३ की विजेता पासाङयाङ्जी तामाङले ताज पहिरिदिएकी थिइन् ।

राजधानीको राष्ट्रिय सभागृहमा शनिबार आयोजित ग्राण्ड फिनालेबाट १६ औँ संस्करणको मिस तामाङमा १४ प्रतिस्पर्धीलाई उछिन्दैे २०२४ मिस तामाङ विजेता रिया बन्न सफल भएको हो ।

काठमाडौं तारकेश्वरे- ८ की बुबा सञ्जय लामा र आमा रजनी तामाङकी कोखबाट जन्मिनु भएकी जेठी छोरी हुन् । मिस तामाङले तामाङ समुदायको हकहित र भाषा,संस्कृतिको प्रबर्द्धन र सम्बर्द्धन गर्ने बताएकी छिन्।
मोड्लिङ क्षेत्रमा पछिल्लो समयमा निकै व्यस्त मिस तामाङले करिव ५० भन्दा गीतहरुमा म्युजिक भिडियोमा अभिनय गरिसकेकी तामाङले ६ ओटा गीतका म्युजिक भिडियोमा निर्देशन समेत गर्नुभएकी मिस तामाङले विभिन्न बोर्डिङ स्कुलहरुका छात्रछात्राहरुलाई नृत्य प्रशिक्षक दिनु भएको  थिए।

प्रतियोगिताको फस्ट रनर अप स्मृति योन्जन, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा हुनुभयो । फस्ट रनरअफ तामाङले मल्टिमिडिया टाइटल पनि जित्नुभयो ।

प्रतियोगितामा विजेताले नगद १ लाख, फस्ट रनर अफले ५० हजार,सेकेन्ड रनर अफले ३० हजार रुपैयाँको पुरस्कार सहित क्राउन र गिफ्ट ह्याम्पर प्राप्त गर्नुभएको आयोजक संस्था मम्स इन्टरनेशनल नेपालका निर्देशक रञ्जिता लामा तामाङले बताउनुभयो ।

तामाङ  भाषा,धर्म,कला,संस्कृति,भेषभूषा,रीतिरिवाज तथा रहनसहनलाई तामाङ युवामाझ पुर्याउने उद्देश्यले पछिल्ला प्रत्येक वर्ष यो प्रतियोगिता गर्दै आएको छ ।

मिस तामाङ प्रतियोगिताको निर्णायक मण्डलमा प्रमुख निर्णायक गायक तथा संगीतकार प्रदिप बमजन‚तामाङ चलचित्र संघका अध्यक्ष नायक कुमार मोक्तान,
पूर्व मिस तामाङ सुमी मोक्तान,मिस मंगोलियन तथा नायिका प्रियरानी सञ्चारकर्मी गंगा तामाङ घिसिङले निर्णायकको भुमिका रुपमा थियोे ।

कलाकार सञ्जोक योञ्जन , अराम्ब तामाङले सांस्कृतिक प्रस्तुती समेत रहेको कार्यक्रममा मिस तामाङ कार्यक्रम सफल पार्न सहयोग गर्ने प्रायोजक,सहयोगीहरुलाई कदरपत्र तथा अतिथिहरु, कलाकार ,पत्रकारहरुलाई मायाको चिनो प्रदान गरिएको थिए।
मम्स इन्टरनेशनल नेपालका अध्यक्ष नायिका रञ्जिता ब्लोनको सभापतित्वमा सम्पन्न कार्यक्रम
पुर्व मिस तामाङ सफलता थिङ र मिस तामाङका कोरियोग्राफी रोजन शाक्यले सञ्चालन गरिएको थिए।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।