काठमाडौं । नेपाल तामाङ कलाकार संघको आयोजनाले ३८ औं प्रथम तामाङ एल्बम दिवस मनाएको छ।
राजधानीमा ताम्सालिङ संर्घष समितिका संयोजक जापानका पुर्व राजदूत डा. गणेश योञ्जनको प्रमुख आतिथ्यतामा मंगलबार नेपाल तामाङ घेदुङको संघीय कार्यसमितिको सभाहल बाैद्व स्थित चुच्चेपाटीमा सम्पन्न भएको हो।
काभ्रे जिल्ला रोशी गाउँपालिका १२ शिखरपुरमा बुबा पुर्ण सिं मोक्तान आमा चमेली ङेसुर तामाङको कोखबाट मिति २०१२ असोज २९ गते जन्मिनु भएको चन्द्रकुमार मोक्तानले २०३७ सालमा रेडियो नेपालबाट प्रसारित रेडियो नेपालको फुलबारी कार्यक्रममाबाट आफ्नो सांगीतिक यात्रा शुरूवात गरिएको थिए।
मोक्तानले तामाङ भाषाको गीतलाई रेकर्डिङ २०४२ साल फाल्गुन १५ गते पहिलो तामाङ गीति एल्बम “दुम्जाला बजार”बजारमा सार्वजनिक गरिएको थियोे ।
उक्त एल्बममा १६ ओटा गीत समाबेश भएको थिए। भने शब्द, संगीत र आवाज चन्द्रकुमार मोक्तानकै थियोे ।
“सम्पूर्ण तामाङ कलाकारहरुको एकता तामाङ कला, संस्कृतिको संरक्षण विकास तथा प्रबर्द्धन हाम्रो प्रतिबद्धता” भन्ने मूलनाराका साथ ३८ औं प्रथम तामाङ एल्बम दिवसबाट तामाङ भाषाको प्रथम गीति एल्बम बजारमा निकाल्नु हुने वरिष्ठ लोक सम्राट चन्द्रकुमार मोक्तानलाई सम्मान गरिएको थियो ।भने मिस तामाङ २०२४ विजेता रिया लामालाई शुभकामना तथा बधाई पत्रबाट सम्मान गरिएका थिए ।
सम्मानित मोक्तानले भन्नुभयो मैले यस्तो दिन अाउछ भनेर गीति एल्बम बजारमा ल्याएको थिएन तर
सोचेको पनि थिएन । तर कुनैकुनै भाषाको गीतहरु क्यासेट र रेडियोबाट बजाएको सुन्दा हाम्रो तामाङ भाषाको गीत पनि रेकर्डिङ गर्न भनेर धेरै व्यक्तित्व हरु संग छलफल गर्दा सकारात्मक सल्लाह नदिएको पनि बताउनु भयो ।तर उहाँले भन्नुभयो अब म जसरी नै तामाङ भाषाको गीत बजारमा ल्याउछु भनेर अगाडि बढेर दुम्जाला जात्रा नामक एल्बममा बजारमा ल्याउन सफल भएको बताउनुभयो ।
उहाँले फेरि थाप्नु भयो घरबाट बुबाको ९०रुपैयाँ पैसा चोरेर काठमाडौं छिरेको हुँ। तर काठमाडौं बस्न निकै संघर्ष पनि गरे । तर काठमाडौं बस्दाबस्दै मैले तामाङ भाषाको गीति एल्बम तामाङ व्हाई भाग – १ बजारमा ल्याउन सफल भएछु तर त्यो एल्बम नै प्रथम भएछ भनेर खुशीयालि समेत व्यक्त गरिएको थियोे ।
उहाँले २०४५ सालमा अर्को तामाङ गीति एल्बम तामाङ व्हाई भाग-२ बजारमा ल्याएको थियोे । उक्त दोस्रोपटकको गीति एल्बमले तामाङ गीत संगीतको इतिहासमा दोस्रो स्थान प्राप्त गर्ने वरिष्ठ गायक चन्द्रकुमार मोक्तान सफल हुनुभएको छ।
३८ औं प्रथम तामाङ एल्बम दिवस कार्यक्रममा विशेष अतिथि वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ,वरिष्ठ गायक प्रेम लोप्चन नेपाल उपस्थिति रहेको थियो । साथै कार्यक्रममा तामाङ कलाकार सल्लाहकार, सञ्जिव वाईवा, नेपाल तामाङ युवा घेदुङका अध्यक्ष विलाम मोक्तान, तामाङ पत्रकार संघका उपाध्यक्ष बुद्ध योञ्जन,नायिका चादनी मोक्तान, तामाङ सोसाइटी अफ अमेरिका संस्थापक अध्यक्ष सुवास लामा स्याङबा, नेपाल तामाङ संस्कृतिक घेदुङको अध्यक्ष छेवाङ तेञ्जिन लामा,गायक तथा संगीतकार सञ्जोक योञ्जन, तामाङ चलचित्र संघको उपाध्यक्ष अमर लामा, मम्स नेपाललाका अध्यक्ष रञ्जिता योञ्जन, तामाङ समाज युएईका उपाध्यक्ष वीरबहादुर लामा, तामाङ माैलिक न्हान का अध्यक्ष पोङ्दोला च्याङबा, म्हेन्दो माया तामाङ कलाकार संघका अध्यक्ष अरम्बा तामाङ समाजसेवी युवा व्यवसायी फुर्बा दोर्जे तामाङ लगायतका विभिन्न संघ,संस्थाहरुको अतिथिहरु उपस्थिति रहेका थिए।
नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तनको सभापतित्वमा सम्पन्न कार्यक्रम संघका महासचिव खेम मोक्तानले सञ्चालन गरिएका थियो।