mde

काठमाडौ । तीन दिवसीय वृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ।

राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशको आयोजनामा
तामाङ समुदायको मन्जुश्री सम्बत २८६०औं डुक (पुख्री ल्ह‍ो) राष्ट्रिय सोनाम ल्होछार वृहत् साँस्कृतिक कार्यक्रम फाल्गुन २४, २५ र २६ गते सम्म चुच्चोपाटी बाैद्वक‍ो ह्यायत ग्राउन्डमा हुने भएका छन् ।

बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशको अध्यक्ष दावा फिन्जो तामाङले जानकारी दिएका थिए।

वृहत् ल्होछार समारोहको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा उद्घाटन गर्ने भएको छ।

पत्रकार सम्मेलनमा तामाङ समुदायकाे ल्हाेछार पर्वलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि यसकाे महत्व र औचित्यबारे जानकारि दिने गरि मेलाकाे आयाेजना गरिएकाे राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका अध्यक्ष दावा फिन्जो तामाङले बताउनुभयाे ।

ल्होछार वृहत् सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चर्चित कलाकारहरु राजेश पायल राई यम वराल,यश कुमार ,बुद्धि तामाङ,प्रिति आले रोजमोक्तान, सञ्जिव वाईवा,विश्व दोङ, विशाल काल्तन,उर्गेन दोङ एलिना चोवान लगायतका कलाकारहरुले सांगीतिक प्रस्तुति रहेको आयोजकले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा स्थानीय उत्पादन ( खाद्यान्न तथा पोशाक ) विभिन्न माैलिकता झल्किने स्टलहरु राखिने बताइएको छ । रसुवाको मार्सी चामलदेखि नुवाकोटको स्टेवरी, ककनीको ट्राउट माछालगायत स्टलमा राखिने भएका छन्

पत्रकार सम्मेलनमा राष्ट्रिय संगीतकर्मी संघका वरिष्ठ उपाध्यक्ष एवं कार्यवहाक अध्यक्ष प्रकाश कटुवाल र नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले ल्होछार महोत्सव सफलताको शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा व्यवस्थापन सगुन इभेन्ट म्यानेजमेन्टले गरिएको छ।भने कार्यक्रममा आयोजकले उपस्थितिका लागि पनि अनुरोध समेत गरिएका

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।