भक्तपुर । मुटु छियाछिया हुने मार्मिक वियोगान्त गीत “एमी निची” गीतकोभिडियो सहित बजारमा सार्वजनिक भएको छ।

सविता श्रेष्ठको प्रस्तुति रहेको लोकप्रिय गायक तथा संगीतकार निमा दोङको शब्द, संगीत रहेको गीत चर्चित गायक तथा संगीतकार प्रयास दोङको आवाज रहेको छ।

निकै लामो समयको अन्तरालपछि गायक तथा संगीतकार प्रयास दोङले माया प्रेम संग सम्बन्धित वियोगान्त गीत बजारमा ल्याएको हो। गायक दोङ करिब एक दशक अगाडि नै तामाङ गीत सांगीतिक जगतमा आफ्नो वर्चस्व कायम गरि युवाहरूको ढुकढुक्कीमा समेत बस्न सफल गायक रुपमा परिचित नाम हो प्रयास दोङ।

भिडियोमा चर्चित मोडल लाक्पा लामा नव मोडल केन्छे डोल्मा तामाङ र गायकद्वय प्रयास दोङ स्वयम् ले मुख्य भुमिका निर्वाह गरिएका छन् । भने भिडियोमा नव कलाकार मनिक लामाले अभिनय रहेको छ।

समाजसेवी तथा युवा व्यवसायी चुन्डुई थिङ र सविता लामाद्वारा निर्माण गरिएको भिडियोको निर्देशक प्रतीक ङ्यसुरद्वारा निर्देशित गरिएको म्युजिक भिडियोको छायांकन त्रिलोक लामाले गरेको हो भने भिडियो इडिट र कलर अमृत चापागाईंले गरेका छन् ।

अडियो गीतको एरेञ्ज नोर्वु शेर्पा, दिप स्टुडियो रेकर्डिङ गरेको गीतको मिक्सिङ दिपेस प्रधानले गरिएको हो।

भिडियो हेर्नुस् ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला