काठमाडौं । नेपाल तामाङ कलाकार संघद्वारा १३औं स्मृति सभा तथा योगिता मोक्तान प्रतिभा पुरस्कार गायिका जितु लोप्चन पुरस्कृत भएकी छिन् ।

उक्त कार्यक्रम नेपाल सरकारको संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री माननीय हित बहादुर तामाङको प्रमुख आतिथ्यतमा सोमबार नेपाल तामाङ घेदुङको सभाहल बाैद्व चुच्चेपाटी सम्पन्न भएको छ।

१३औं स्मृति सभा तथा योगिता मोक्तान प्रतिभा पुरस्कार जितु लोप्चनलाई योगिता मोक्तान प्रतिभा पुरस्कार सम्मान-पत्र र नगद बीस हजार रुपैयाँबाट सम्मानित हुनुभएकी छिन् ।

स्वर्गीय योगिता मोक्तानको परिवारबाट रु १०हजार र नेपाल तामाङ कलाकार संघको तर्फबाट रु १० हजार गरि रु बीस हजार रुपैयाँ प्रदान गरिएकी थिए।

बुवा बुद्धि बहादुर लामा र आमा साइली तामाङकी कोखबाट पाँचखाल ५ काभ्रे जिल्लामा जन्मिनु भएकी  गायिका जितु लोप्चनलाई योगिता मोक्तान प्रतिभा पुरस्कारबाट सम्मानित भएकी थिए।

परिवारसंग विगतमा निकै नजिकै रहेको थियोे। उहाँको घरपरिवार एक उदाहरणीय परिवारको रुपमा स्थापित भएको छ।स्वर्गीय य‍ोगिता मोक्तान प्रेरणाको स्रोत बनेकी छिन्।तामाङ गीत सांगीतिक क्षेत्र र समाज परिवर्तन साथै समाजमा चेतना र सन्देशमुलक गीतहरु सधैं अमर रहने प्रमुख आतिथ्य माननीय हित बहादुर तामाङले बताउनु भयो ।

योगिता मोक्तानलाई तामाङ गीत सांगीतिक क्षेत्रबाट र समाज परिवर्तनको लागि जोशिलो चेतना र सन्देशमुलक गीतहरु सधैं अमर रहने बताउनुभयो ।

गायिका स्वर्गीय योगिता मोक्तान बुबा वीरबहादुर मोक्तान आमा निरु कुमारी गुरुङकी माईली छोरीकी रुपमा २०४०फल्गुण ४ गते जन्मिएकी गायिका
२०५५ सालबाट सांगीतिक यात्रा गरेकी गायिका २०६७ फल्गुण ५ गते निधन भएकी थिए।

विशेष अतिथि नेपाल टेलिभिजन महाप्रबन्धक फुलमान बल, अतिथि नेपाल तामाङ घेदुङको सह-अध्यक्ष कुमार घिसिङ, राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बल, वरिष्ठ सेलो सम्राट गायक चन्द्रकुमार मोक्तान, वरिष्ठ गायक प्रेम लोप्चन, वरिष्ठ गायिका इन्दिरा गोले, चर्चित गायक सञ्जिव वाइवा, गायक तथा संगीतकार विश्व दोङ उत्प्रेरक वक्ता विकास देव योञ्जन , नेपाल तामाङ माैलिक न्हानका अध्यक्ष सञ्जिब तामाङ ( पोङ्दीला च्याङबा),डजाङका अध्यक्ष तथा गायक फुलकुमार बम्जन, गायक सञ्जोक योञ्जन लगायतका अतिथिहरु उपस्थित रहेका थिए। उक्त कार्यक्रम स्वर्गीय योगिता मोक्तान, स्वर्गीय जयनन्द लामा र स्वर्गीय दिपेन्द्र दोङ तामाङको फोटोमा माला अर्पण गरिएको थिए।

नेपाल तामाङ कलाकार संघको अध्यक्ष विशाल काल्तनको सभापतित्वमा सम्पन्नता कार्यक्रम महासचिव खेम मोक्तानले सञ्चालन गरेका थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।