खानीखोला– काभ्रे जिल्लाको खानिखोला गाउँपालिकामा अन्तरिक राजस्व अभिवृद्धि सम्बन्धी कार्ययोजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । शुक्रबार र शानिबार २ दिन गाउँपालिकाको कार्यालय ताल्ढुगांमा साे गाेष्ठी सम्पन्न भएको हाे ।
गाेष्ठीगा उँपालिकाको अर्थ व्यवस्थाको समग्र पक्षको अध्ययन एवं विश्लेषण गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश गर्नुपर्ने राजस्व नीति निर्माण तथा वित्तीय सुधार, करसम्बन्धी कानूनहरूमा गर्नुपर्ने सुधार, करका दरहरूमा पुनरावलोकन कर प्रणालीमा सुधार, करको दायरा विस्तार, राजस्व प्रशासनको संगठनात्मक संरचना सुधार लगायतका विषयहरूमा छलफल भएको थियाे ।
गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ(छिन्ताङ)ले आन्तरिक राजस्व अभिवृद्धी सम्बन्धी कार्ययोजना निर्माण कार्यशाला गोष्ठीले राजस्व सम्बन्धी बढी ज्ञान दिएकोले समावेश गरेर लैजाने बताए । सेवा प्रदान गर्नु सरकारको कतव्र्य र कर तिर्नु नागरिकको भएको बताए । ससांरको कुनै पनि देश विना कर नचलेको भन्दै देश चल्ने मुख्य पक्ष कर नै भएको बताए । अध्यक्ष थिङले गाउँपालिकाको स्थानीय उत्पादनहुने कफी, खुवा, गिठ्ठी, डुङ्गा लगायत सबैमा कर तिर्ने वातावरण बनाउनुपर्ने बताए ।
गाउँपालिकामाका बढी उत्पादन हुने कफी, खुवा, कृषि , पशुपालन ,रहेको छ । यहाँका मुख्यत खुवाको उत्पादन हुने गरेको देखिन्छ । बार्षिक १०–१२ करोडको कारोबार हुने तथ्यांक रहेको छ । त्यस्तै गाउँपालिकामा बार्षिक ७ करोड भन्दा बढीको कफी उत्पादन भएको पाएको छ । खानिखोला भित्र रहेको विभिन्न किसिमका उत्पादन व्यापार, व्यवसाय, कृषि पशुपालन व्यवसाय र कृषि कफिमा अनुदान दिदै आएको छ ।
गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा भएको कार्यक्रमका सभाअध्यक्ष गाउँपालिका उपाध्यक्ष दोर्जे मान जिम्बाले गरेको थियो । गोष्ठीको मुख्य प्रशिक्षकका पुरुषोत्तम नेपालले रहेको थियो । विशिष्ट अतिथी प्रशासकीय अधिकृत जीवन गैरे, नेकपा माओवादी केन्द्रको महिला नेतृ मिना पाखृन, शेखर लामा, सुन्तली थिङ, राजन अधिकारी ,वडा अध्यक्ष निशान मिक्तान ,सागर लामा, बुद्धि बहादुर स्याङ्तान, बृहस्पति घिसिङ, टीका अविरल लगायत शाखा प्रमुखहरू, बैंक तथा वित्तिय संस्था लगायत सहकारी संस्थाहरू, उद्योग, कलकारखान र निर्माण व्यवसायीहरू, कफी, खुवा र होटल व्यवसायीहरू, विभिन्न पेशागत संघ–संस्था, ठूला आयोजन÷कार्यक्रमका अध्यक्ष, सुरक्षाकर्मी, बुद्धिजीवी, समाजसेवी, पत्रकार र नागरीक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।