तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका सहकारीहरुलाई क्षमता अभिबृद्धि तालिम दिएको छ । तालिम सवल नारी चेतना कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा र तेमाल गाउँपालिकाको सहयोगमा सोमबार मंगलवार सञ्चालन भएको थियो ।
तालिम सहकारीका अध्यक्ष र व्यवस्थापकलाई दिएको थियो । तालिमको लागि जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा लगायतका प्रशिक्षक पुगेका थिए ।
आज भएको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दलमान थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थोकरले सहकारी मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बा भएकोले सहकारीलाई उत्पादन र जनमुखी बनाउन आवश्यक रहेको बताए । तेमालको समृद्धिमा सहकारीहरुको महत्वपूर्ण भूमिका रहने बताउँदै शेयर धनी तथा बचतकर्ताहरुको विश्वास सधैंभरि प्राप्त गर्न इमान्दारीता पूर्वक काम गर्नुपर्नेमा थोकरले जोड दिए ।
कार्यक्रममा कृषि शाखा प्रमुख कुलदेव पहाडी, तेमालमा रहेका सहकारीहरुको अध्यक्ष र व्यवस्थापकहरु लगायतका सहभागी थियो । कार्यक्रम संस्थाका अध्यक्ष शान्ति वाइबाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।