खानीखोला- काभ्रे जिल्लाको खानिखोला गाउँपालिका वडा नः २ फलामेटारमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार सक्रिय क्षयरोग खोजपड्ताल शिविर बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय जनस्वास्थ्य निर्देशनालय कार्यालय काभ्रेको आयोजनामा खानिखोला गाउँपालिका र जन्त्र नेपाल काठमाडौको समन्वयमा फलामेटार स्वास्थ्य चौकीमा सम्पन्न भएकाे हाे ।

शिविरकाे गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ)ले एक समाराेहका बीच उद्घाटन गरीएका थियाे । शिविरमा X– Ray को प्रयोग गरी स्वास्थ्य सेवाबाट टाढा रहेका तथा क्षयरोग जोखिम रहेका व्यक्ती समुदायहरुको पहिचान गरी शिविर संचालन गरेको गाउँपालिकाले जनाएको छ । शिविरमा X– Ray , छातीको समस्य, दम, धम्की ,दीर्घ रोग, खोकी, सुगर , प्रेसर भएका बिरामीहरुलाई बिज्ञ डाक्टर द्धारा १२४ जनालाई नि:शुल्क सेवा दिएको थियो ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला