बनेपा– नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन काभ्रे जिल्ला समितिले २०८१ सालको शैक्षिक क्यालेन्डर विमोचन गरिएको छ । शनिबार बनेपा स्थित संगठनको कार्यालयमा एक कार्यक्रमका बीच नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा संगठनको पूर्व केन्द्रिय अध्यक्ष भोला सापकोटाले गरेका थिए ।
क्रममा जिल्ला अध्यक्ष चेत लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा संगठनको काभ्रे जिल्ला पुर्व केन्द्रिय उपाध्यक्ष दुर्ग सि तामाङ, बुद्धिजिबि संगठनका अध्यक्ष चन्द्र प्र मैनाली, नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला सदस्य राजकुमार गौतम, शिक्षक केन्द्रिय परिषद सदस्य जिबन कुमार नेपाल, बागमती प्रदेश सदस्य शिब प्र आचार्य, लक्ष्मि तामाङ लगायतका सहभागी थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।